शंकर केसी
सल्यान, ६ कात्तिक (जागरण) । सल्यानका बजारमा कतिपय पसलहरु गैर कानुनी रुपमा सञ्चालन भएको पाइएको छ । स्थानिय तहहरुले गरेको अनुगमनको क्रममा पसल दर्ता नगरि गैर कानुनी ढंगले संचालन भएको, दर्ता नवीकरण नगरेको तथा ईजाजत नलिएर मदिरा तथा सुर्तिजन्य पदार्थ विक्रि वितरण भएको पाइएको हो ।
जिल्लाको कपुरकोट, सिद्धकुमाख र दार्मा गाउँपालिकाले आफ्नो पालिका भित्रका बजारहरुमा अनुगमन गरेका हुन् ।
कपुरकोट गाउँपालिकाका दुई सय भन्दा बढि पसलमा गरिएको अनुगमनको क्रममा विभिन्न कमजोरिहरु देखिएको अनुगमन समितीका संयोजक अरुण दाहालले बताउनुभयो ।
होटलहरुमा सरसफाईको कमी देखिएको, खाना बनाउने र भाँडा माझ्ने ठाउँ नजीकै भएको, कतीपय पसल दर्ता तथा नवीकरण नै संचालन भएको पाइएको उद्योग वाणिज्य संघ सल्यानका सदस्य तथा अनुगमन टोलिका सदस्य कमल घर्ती मगरले बताउनुभयो ।
पसलको साईन बोर्ड नराखेको, मुल्यमा एकरुपता नभएको, मुल्य सूची नराखेको, मासु पसलमा सरसफाईमा कमी देखिएको उहाँले बताउनुभएको छ ।