सुर्खेत, ६ कात्तिक (जागरण) । डोल्पाको शे– फोक्सोण्डो गाउँपालिकाले विगतको भन्दा अहिले गाउँपालिकामा परिणामुखी काम भएको बताएको छ ।
गाउँपालिकाका उपाध्यक्ष धावा सुन्डुक गुरुङका अनुसार त्यहाँका नागरिकहरुमा सोचमा परिवर्तन भइनसकेकाले अहिले न्यायीक समितिमा खासै मुद्दाहरु नपरेको बताउनुभएको छ ।
सबैलाई नागरिकलाई न्यायको अनुभुति दिलाउनको लागि गाउँपालिकाले विभिन्न कार्यक्रमहरु गरेर र सचेतना फैलाएर काम गरिरहेको बताउनुभएको छ ।