सल्यानका कृषकहरुको बालीमा जंगली जनावरको आतंक

शंकर केसी
सल्यान, ७ कात्तिक (रेडियो कपुरकोट) । सल्यानको खानी गाउँका कृषकहरुले जंगली जनावरले पाक्न लागेको खेती नष्ट गरेको भन्दै क्षतीपुर्तीको माग गर्दै गाउँपालिका कार्यालमा उजुरी दिएका छन् । जंगली जनावरले समेत आतंग मच्चाउन थालेपछि हैरान भएका छन् ।
कपुरकोट गाउँपालिका वडा नम्बर ६ सिनवाङ स्थित खानी गाउँका १९ घर परिवार जंगली जनावरले पाक्न लागेको मकै लगायतको खेती पूर्ण रुपमा नष्ट गरेको भन्दै क्षतीपुर्तीको माग गरेका ह्ुन् ।
जंगली जनावर बँदेल, दुम्सी, बाँदरले हरेक वर्ष मकै, गहुँ लगाएतका खाद्यनन बालीमा क्षती पुर्याउने गरेको खानिगाउँका किसान तुलाराम डाँगीले बताउनुभयो ।
उहाँले जंगली जनावर विरुद्ध वडा कार्यालय र गाउँपालिकामा उजुरि दिँदै क्षतीपुर्तिको समेत माग गरिएको बताउनुभयो ।
जंगली जनावरकै कारण १४ रोपनी जमिनमा खेती नै नगरिएको उहाले बताउनुभयो ।
गाउँका ३० घर परिवार मध्ये १९ घर परिवारले खेती गरेको मकै वालीमा जंगली जनावरले उपद्रो मच्चाउने गरेको उहाको भनाई छ ।
अर्का कृषक हुर्मत खड्काको पनि ५ रोपनी भन्दा बढि क्षेत्रमा लगाएको मकै जंगली जनावरले नष्ट गरेका छन् ।
नेत्रलाल वस्नेत, मिनराम वोहोरा लगाएतका किसानले जंगली जनावरले मकै बाली राम्रो संग नपाक्दै नष्ट गरेको बताएका छन् ।
बाँदरले दिउँसोको समयमा मात्रै क्षती गर्ने भएकाले धपाउन सजिलो हुने गरे पनि बँदेल, दुम्सी लगाएतका जनावरबाट वालीनाली बचाउनै मुस्किल भएको किसानहरुको दुखेसो छ ।
यसैविच, कपुरकोट गाउँपालिकामा क्षतीपुर्तिका लागी निवेदन परेपछि गाउँपालिकाले सम्बन्धीत कार्यालयलाई आवश्यक प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको छ ।
क्षतीको विवरण संकलन गर्न र आवश्यक प्रक्रिया अगाडि बढाउन सव डिभिजन वन कार्यालय कपुरकोट र कृषि विकास शाखालाई पत्राचार गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशसकीय अधिकृत अरुण दाहालले बताउनु्भएको छ ।