कर्णाली प्रदेशका ७३ प्रतिशत नागरिक अध्यारोमा बस्न बाध्य (अडियोसहित)

पंखबहादुर शाही
सुर्खेत, ८ कात्तिक (जागरण) ।
कर्णाली प्रदेशको ७३ प्रतिशत जनसंख्या अझैपनि विद्युत्को पुहँचमा आउन नसकेको पाइएको छ । विद्युतको सम्भावना धेरै रहेको प्रदेशका नागरिक अध्यारोमा जिवन विताउन बाध्य भएका हुन् । प्रदेशभर ३ लाख ३६ हजार ४ सय ६० हजार घरधुरी छन् तिमध्ये ७७ हजार घरधुरीमा मात्र विद्युत उपभोग गर्न गरेको विद्युत प्राधिकरण प्रदेश कार्यालय सुर्खेतले जनाएको छ । २०७५ मा गरिएको आर्थिक सर्वेक्षणमा प्रदेशका २७ प्रतिशत नागरिक मात्र विद्युतको पहुँचमा रहेको देखाउछ । कर्णालीको जम्मा १७ लाख ६९ हजार ७ सय ८० जनसँख्या मध्ये २७ प्रतिशत जनसँख्या मात्र विद्युतको पहुँचमा छन् भने बाँकी ७३ प्रतिशत नागरिक अझै पनि अ्रध्यारोमा बस्न बाध्य भएका छन् ।
प्रदेशका दश जिल्लामध्य सबैभन्दा धेरै विद्युतको पहुँच सुर्खेतका जनतामा रहेका छ । कार्यालयका प्रमुख सुरेन्द्र हग्रहरीका अनुसार अबको २ बर्षभित्र प्रदेशका अधिकांस नागरिकहरु विद्युतको पहुँचमा पुग्ने छन् ।
त्यसको लागि यो बर्ष कोहलपुर देखि सुर्खेतमा ३२ केभीए प्रशारण लाइन ल्याउन टेण्डर भईसकेको उहाले जानकारी दिनुभयो ।

सुर्खेतको पश्चिम चौकुने, पञ्चिपुरी नगरपालिका र बराहताल गाउँपालिकाका विद्युत पहुँच नपुगेका ठाउँहरुमा विद्युत सेवा विस्तार गर्ने कार्य अघि बढिसेकेको नेपाल विद्युत प्राधिकरण सुर्खेत शाखले जनाएको छ ।