सोरु गाउँपालिकामा पन्ध्र शैयाको अस्पताल बनाईँदै (अडियोसहित)

सुर्खेत, ८ कात्तिक (जागरण) । चालु आर्थिक वर्षमा मुगुको सोरु गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा मात्र ६० लाख बजेट विनियिोजन गरेको जनाएको छ । गत आर्थिक बर्षमा २० लाख रकम विनियोजन गरिएको स्वास्थ्यमा चालु आर्थिक बर्ष ७६÷०७७ मा ६० लाख विनियोजन गरेको गाउपालिकाकी उपाध्यक्ष राज्य लक्ष्मी मल्ल बमले बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्रको सुधारका लागि गाउँपालिकामा १५ शैया्को अस्पताल निर्णाको लागि जग्गा लिइसेकेको बताउनुभएको छ ।