म पाचँ वर्षमा उत्कृष्ट पाँच काम गर्छु : अध्यक्ष केसी

सुर्खेत, २५ वैशाख (जागरण) । स्थानीयनीय सरकार अन्तर्गत जागरण एफ. एम. र www.jagaran.com.np ले कर्णाली प्रदेशका स्थानीय सरकारले गरिरेहका काम, आगामी योजना, खेप्नुपरेका चुनौतिलाई समेटेर विभिन्न सामग्री प्रसारण र प्रकाशन गर्दै आएका छौँ । जागरणकर्मी प्रभा रावतले सल्यानकाे छत्रेश्वरि गाउँपालिका अध्यक्ष सन्ताेष केसि सँग कुराकानी गर्नुभएकाे छ ।

प्रस्तोताः तपाइ निर्वाचित भएदेखि तपाइको गाउँपालिकामा गर्नुभएका मुख्य तिनवटा कामहरु के–के हुन् ?

पाहुनाः  म गाउँपालिकाको अध्यक्ष भैसकेपछी सबैभन्दा पहिला जनताको आवश्यकतालाई मध्यनजर गर्दै खानेपानी विजुली बत्ति,शिक्षाको क्षेत्रमा काम गरेको छु ।
प्रस्ताेताः  अागामी चारबर्षका लागी तपाइका योजना के के छन् ?

पाहुनाः म निर्वाचित भएर मैले सबैकाम गर्छु भन्नु छैन मैले मेरो पाचँवर्षको कार्यकालमा गाउँपालिकामा मैले राम्रो पाँचवटा मात्र काम गर्नुछ । धेरै काम गर्न आवश्यक छैन ।

प्रस्ताेताः तपाईको कार्यकालमा छत्रेश्वरी गाउँपालिकालाई कस्तो बनाउने सोचमा हुनुहुन्छ ?
पाहुँनाः सबैभन्दा पहिलो कुरा हामीले नेतृत्व गरिरहदा सबैभन्दा समृद्ध बनाउनु पर्छ । सल्यानको छत्रेश्वरी गाउँपालिकाको आन्तरिक आयस्रोत १ करोड भन्दा बढी छ । त्यसैले अन्य भन्दा भिन्न काम गरेकाछौँ भन्ने लागेको छ ।

प्रस्ताेताः  तपाइकाे गाउँपालिकामा शिक्षाको गुणस्तलाईमा माथी उकास्नको कस्तो पहल चाल्नुभएको छ ?
शिक्षाको पहुचँलाई माथीको उकास्नको लागी हाम्रो गाउँपालिकामा यहाँ रहेका ४० वटा स्कुलमा हामीले प्रत्यक कक्षामा सिसी टिभी क्यामेरा जडान गरेका छौँ । जनप्रतिनिधिले प्रत्यक्ष अनुगमन गरेका छौँ । विद्यार्थिको मनोबल बढाउनको लागी विद्यार्थीलाई उचित पुरुस्कार पनिदिएका छौँ ।

छत्रेश्वरी गाउँपालिकाबाट एसइइमा प्रथम भएको एकजनाछात्र र एकजना छात्रालाई १ ÷१ लाख पुरुस्कार दिएका छौँ । अन्य विद्यालय भन्दा हाम्रो छत्रेश्वरी गाउँपालिकाका विद्यालय अव्बल छन् ।

प्रस्ताेताः  अन्त्यमा तपाइले यसरी काम गर्ने क्रममा कस्ता चुनौतीआएका छन् ।
 पाहुनाँः काम गर्दा यो गाउँपालिकामा सबैभन्दा धेरै भ्रष्टचार रोक्नलाई चुनौती छ । भ्रष्टचार कम्तीमा पनि ५० प्रतिशत रोक्न सक्नुनै चुनौती छ ।