प्रविण शाही ।
सुर्खेत, १० कात्तिक (जागरण) । कर्णाली प्रदेशका विभिन्न जिल्लाका नागरिकहरु अझै पनि टेलिफोनको पहुँचमा छैनन् । नेपाल दुरसञ्चार संस्थानले देशका सबै जसो भु–भागमा सेवा विस्तार भएको दावी गरे पनि कर्णालीका विभिन्न जिल्लाका केही ठाउँ भने अझै टेलिफोन सञ्चारको पहुँचमा नभएका हुन् ।
कर्णालीका जाजरकोट, दैलेख, जुम्ला, डोल्पा, हुम्ला, मुगुका धेरै जसो गाउँ क्षेत्र टेलिफोनको पहुँचभन्दा बाहिर रहेका हुन् । ती जिल्लाका गाउँ क्षेत्रमा बसोबास गर्ने नागरिकहरुले मोवाइल लगायत अन्य टेलिफोनको पहुँच नहुँदा आफ्ना दैनिक कार्य प्रविधिसँग जोडिन नसकेको बताएका छन् ।
तर विज्ञान तथा प्रविधीको जिम्मेवारीसमेत पाएको कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँग यसको विस्तृप्त तथ्याङ्क छैन ।
मन्त्रालयका सुचना अधिकारी शेरबहादुर रोकायाले सुचना प्रविधि शाखा भर्खरै स्थापना भएकाले विस्तृप्त तथ्याङ्क संकलन कार्य पनि अघि नबढेको बताउनुभयो ।
सुन्नुहोस् उहाँको भनाईः
प्रदेश राजधानी सुर्खेतभन्दा बाहिर विभिन्न कार्यक्रमहरुमा सहभागी हुन जाँदा मन्त्रीहरु लगायत आफुहरु समेत सम्पर्क विहिन हुनुपरेको बताउँदै रोकायाले मन्त्री मार्फत दुरसञ्चारलाई समेत जानकारी गराएको रोकायले बताउनुभयो ।
फेरी सुन्नुहोस् उहाँको भनाईः
प्राविधिकहरुका अनुसार विद्युत सेवा सवै जिल्लाका सवै ठाउँमा नपुगेकाले सोलार प्रविधिमार्फत् काम गर्नुपर्ने बाध्यता छ र घाम नलाग्दा सोलार प्रविधिले समेत काम गर्न कठिन हुने गरेको छ । विज्ञान तथा प्रविधीको जिम्मेवारी पाएसँगै अहिले डोल्पाको दुनैमा सिसि टिभि क्यामरा राख्ने निर्णय भएको छ ।