नन्द कठायत ।
सुर्खेत, १० कात्तिक (जागरण) । कर्णाली प्रदेशका विभिन्न जिल्लाका नागरिकहरु अझै पनि टेलिफोनको पहुँचमा छैनन् । नेपाल दुरसञ्चार संस्थानले देशका सबै जसो भु–भागमा सेवा विस्तार भएको दावी गरे पनि कर्णालीका विभिन्न जिल्लाका केही ठाउँ भने अझै टेलिफोन सञ्चारको पहुँचमा नभएका हुन् । कर्णालीका जाजरकोट, दैलेख, जुम्ला, डोल्पा, हुम्ला, मुगुका धेरै जसो गाउँ क्षेत्र टेलिफोनको पहुँचभन्दा बाहिर रहेका हुन् । ती जिल्लाका गाउँ क्षेत्रमा बसोबास गर्ने नागरिकहरुले मोवाइल लगायत अन्य टेलिफोनको पहुँच नहुँदा आफ्ना दैनिक कार्य प्रविधिसँग जोडिन नसकेको बताएका छन् ।
यसै सन्दर्भमा हामीले कर्णालीका नागरिकलाई टेलिफोनको पहुँचमा पु¥याउन के गर्नुपर्ला ? भनेर जनतालाई सोधेका छौँ । प्रस्तुत छ जनताको आवाज जस्ताको त्यस्तैः