कुदुमा खानेपानी समस्या, स्थानिय सरकार के गर्दैछ ? (अडियो सहित)

जाजरकोट, १० कात्तिक (जागरण) । जाजरकोटको भेरी नगरपालिका १३ कुदुका नागरिकलाई खानेपानीको समस्या भएको छ । गाउँमा खानेपानीको अभाव भएपछि स्थानिय नागरिक दिन रात पानीको जोहो गर्न खोला नदी र नजिकैका मुलमा लाइन बस्ने गरेका छन् ।
गतवर्ष भेरी नगरपालिकाको लगानीमा जमिनमुनिवाट डिपबोरिङ प्रविधिबाट पानी निकालेर स्थानीय नागरिकलाई पानीको सुविधा दिइएको भनेपनि अहिले फेरी पानीको अभाव भएको छ ।
नगरपालिकाले निर्माण कम्पनीसंग गरेको सम्झौताअनुसार स्थानीय नागरिकले सहज रुपमा पानी पाउन नसकेको स्थानियले बताएका छन् ।
कुदु स्थित स्वास्थ्यचौकीको आँगनमा १ सय ५३ मिटर गहिरो जमिन मुनिबाट निकालिएको पानी डेढ घन्टा सम्म मात्र निकाल्न सकिने भएपछि स्थानीय नागरिकहरुलाई पानीको पुरानै समस्याले सताउन थालेको स्थानीय रामबहादुर रोकायले बताउनुभयो ।
यता नगरपालिकाले भने नजिक पानीको मुहान नभएकाले स्थानिय नागरिकलाई खानेपानीको समस्या हुने गरेको नगरपालिकाकी उपप्रमुख भावना भण्डारीले कर्णाली रैबारसँग बताउनुभयो ।
सुन्नुहोस् भण्डारीका कुराः 

उहाँले स्थानिय नागरिकहरुको माग अनुसार नजिक मुहान नभएकाले मुहानको खाजि गर्नु पर्ने र अर्को वडाबाट पानी ल्याउनु पर्ने बताउनुभएको छ ।