तिहारको मन पर्ने र मन नपर्ने पक्ष (अडियो सहित)

नन्द कठायत ।
सुर्खेत, ११ कात्तिक (जागरण) । सांस्कृतिक महत्व बोकेको यमपञ्चकको निकै ठूलो धार्मिक महत्व पनि रहेको छ । यमपञ्चकका पाँच दिनले आ–आफ्नै विशेषता बोकेका छन् । पाँच दिनसम्म मनाइने तिहारले मानव सभ्यता र संस्कृतिको विकासक्रमलाई बुझाउँछ । काग तिहारबाट सुरु हुने तिहार भाइटीका गरेर समापन गरिन्छ ।
कागले मानिसको घुमन्ते जीवनलाई बुझाउँछ भने कुकुर तिहारले सिकारी जीवन । गाईतिहारले पशुपालन । गोरु तिहारले कृषिकर्म र तिहारको अन्तिम दिन मनाइने भाइटीकाले सुसभ्य र सु–संस्कृत नैतिकवान् मानव जीवन दर्शाउँछ ।
शास्त्रीय भाषामा भने यसलाई यमपञ्चक पनि भनिन्छ । पौराणिक कथनअनुसार सूर्यकी पुत्री यमुनाले आफ्नो दाजु यमराजलाई कात्तिक कृष्ण पक्षको त्रयोदशीदेखि शुक्ल पक्षको द्वितियासम्म घरमा राखी विभिन्न कन्दमूल र फलफूल खुवाएर प्रसन्न पारी आफ्नो मनोकामना पूरा गरेको स्मरणस्वरूप पाँच दिनसम्म यो चाड मनाइँदै आएको भन्ने भनाई छ ।
यसै सन्दर्भमा हामीले तिहार पर्वमा तपाइलाई मन पर्ने र मन नपर्ने पक्ष के के हुन् ? भनेर जनतालाई सोधेका छौँ ।
प्रस्तुत छ जनताको आवाज जस्ताको त्यस्तैः