प्रविण शाही ।
सुर्खेत, ११ कात्तिक (जागरण) । कर्णाली प्रदेशका वन्यजन्तुमा आधारित विभिन्न जैविक स्रोतको प्रोफाइल तयार हुने भएको छ ।
प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले महत्वपूर्ण वन्यजन्तुहरुको अवस्थाबारे जानकारी संकलन गर्नका लागि विज्ञ टोली मार्फत प्रोफाइल बनाउने भएको हो ।
कर्णाली प्रदेशका हिमाली भेगमा याक, कस्तुरी, मृग, कालो भालु, हिउँ चितुवा तथा पहाडि भेगमा बाघ, रतुवा लगायतका जनावरहरु एवम् डाँफे, कालिजलगायतका पंक्षीहरु पाइन्छ । पछिल्लो समय विषादीको प्रयोगले कर्णालीमा गिद्धको सख्या लोपउन्मुख अवस्थामा पुगेको मन्त्रालयका सुचना अधिकारी शेरबहादुर रोकायले बताउनुभयो ।
सुन्नुहोस् रोकायका कुराः
उहाँका अनुसार कर्णाली प्रदेशमा दुई वटा राष्ट्रिय निकुञ्जबाहेक अरु चार हजार भन्दा बढी सामुदायिक वन छन् । प्रत्येक जिल्लामा रहेका डिभिजन वन कार्यलयले वन्यजन्तु संरक्षणका लागि सामुदायिक वन उपभोक्ता समितिहरुलाई परिचालन गर्ने, जनचेतना फैलाउने लगायतका काम गरेको रोकायाले बताउनु भएको छ ।
अध्ययन, अनुसन्धानका लागि बाहिरी देशबाट अनुसन्धानकर्ताहरु कर्णालीमा आउने भएकोले सवै वन्यजन्तुमा आधारित जैविक स्रोतको प्रोफाइल बनाउन लागिएको हो ।
कर्णाली प्रदेशमा जैविक अध्ययनका लागि डोल्पाको शे–फोक्शुन्डो, हुम्लाको लिमी उपत्यका लगायतका क्षेत्रमा अध्ययन टोली आउने भएकाले कर्णाली प्रदेश सरकारले हुम्लाको लिमीलाई प्रादेशिक संरक्षण क्षेत्र ध्यान सुरुवात गरेको पनि सुचना अधिकारी रोकायले बताउनु भएको छ ।
फेरी सुन्नुहोस् रोकायका कुराः