सामुदायिक वन संरक्षणका लागि प्रदेश सरकारले के योजना बनाएको छ ? (अडियोसहित)

सुर्खेत, १७ कात्तिक (जागरण) । कर्णाली प्रदेशभरका सामुदायिक वनहरुको संरक्षण र सम्बद्र्धनको लागि प्रदेश सरकारले २ करोड रकम खर्च गर्नेगरी योजना बनाएको छ ।
प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेशभरका सामुदायिक वनहरुको संरक्षणका र सम्वद्र्धनका लागि यो रकम खर्च गर्नेगरी कार्यक्रम बनाएको हो ।
प्रदेशका १० ओटै जिल्लाका डिभिजन वन कार्यालयहरु मार्फत सामुदायिक वनको संस्थागत विकास गरिनेगरी मन्त्रालय लगेको छ ।
मन्त्रालयका सुचना अधिकारी शेर बहादु्र रोकायले दिएको जानकारीअनुसार सामाजिक परिचालन कार्यक्रमलाईं प्रभावकारि रुपमा अगाडी बढाइने छ ।
उहाँले वन क्षेत्रको वातावरण, जैविक विविधता तथा वन संरक्षणको स्थलगत गतिविधिमा टेवा पुग्ने अपेक्षा मन्त्रालयको भएको बताउनुभयो । ..आवाज…
कर्णाली प्रदेशमा दुई निकुञ्ज, चार हजार भन्दा बढी सामुदायिक र राष्ट्रिय वन क्षेत्रहरु रहेका छन । सुचना अधिकारी रोकायाले वन क्षेत्रको विकासका लागि जैविक प्रोफाईल बनाउनको लागि अध्यन, अनुसन्धानमा समेत लागिएको पनि जानकारी दिनुभयो ।
मन्त्रालयका अनुसार प्रत्येक वन उपभोक्ता समितिहरुलाई परिचालन गरेर वन संरक्षणमा लाग्नुपर्ने छ ।
कर्णाली प्रकृति पर्यटकले निकै महत्वपुर्ण भएको भन्दै सुचना अधिकारी रोकायाले जैविक विविधता नै कर्णालीको मुख्य प्राथमिक्तामा पर्नै बताउनुभयो ।