एक लाख पर्यटक भित्र्याउने प्रदेश सरकारको लक्ष (अडियोसहित)

पंख बहादुर शाही
सुर्खेत, १८ कात्तिक (जागरण) । कर्णाली प्रदेश सरकारले कर्णालीमा एक लाख पर्यटक भित्र्याउने लक्ष राखेको छ । नेपाल भ्रमण बर्ष २०२० मा २० लाख पर्यटक भित्राउने संधिय सरकारको लक्षलाई पुरा गर्न एक लाख पर्यटक भित्राउने लक्ष राखेको हो ।
प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले दिएको जानकारी अनुसार त्यसको लागि पर्यटकिय गन्तब्यहरु खोजी, पर्यटकिय क्षेत्रहरुको संरक्षण र सम्वद्र्धन गर्न शुरु गरिएको छ ।
पर्यटन क्षेत्रबाट कर्णालीमा रोजगारीका अवसरहरु सिर्जना गर्नेगरी मन्त्रालयले योजना बनाएको मन्त्रालयका सचिव धीरेन्द्र प्रधानले कर्णाली रैबारलाई बताउनुभयो ।

कर्णालीका पर्यटकीय क्षेत्रहरुलाई व्यवस्थित गर्ने काम भइरहेको भन्दै उहाले पर्यटन क्षेत्रबाटै यो प्रदेशलाई समृद्ध बनाउन सबै तहका सरकारहरु लाग्ने बताउनुभयो ।

नेपाल भ्रमण बर्ष २०२० मा अन्य प्रदेशले धेरै योजना बनाएको भन्दै उहाले कर्णाली प्रदेश भौतिक पूर्वाधारमा पछाडी रहेको भन्दै अन्य प्रदेशभन्दा कम पर्यटक भित्रिने उहाले बताउनुभयो ।
प्रदेश सरकारले अहिले पर्यटन पार्क, भिभिन्न हिमाल, ताल तलैया र गुफाहरुको संरक्षण र खोजी गरिरहेको छ ।