कर्णालीमा कानुन मौलिक बन्नुपर्छ

सुर्खेत, २६ वैशाख (जागरण) । कर्णाली प्रदेशको चूनौति र सम्भानाहरुलाई सम्बोधन हुने गरी प्रदेश सरकारले कानुन निर्माणमा ध्यान दिनुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् । उनीहरुले कर्णाली प्रदेशको मौलिकता आधारित भएर कानुन निर्माण गरे कर्णालीलाई समृद्धि गराउन सकिने बताए । आज ६५ आँै राष्ट्रिय कानुन दिवसको अवसरमा आयोजना गरिएको अन्तरक्रियाकार्यक्रममा सरोकारवालाहरुले कर्णाली प्रदेशका समस्यालाई चूनौतिको रुपमा लिइ यहाँका सम्भावनाहरुलाई सम्बोधन गर्ने गरी कानुन निर्माण गर्न सुझाव दिए ।
अन्तरक्रिया कार्यक्रममा अख्तियार दुरुप्रयोग अनुसन्धान आयोग सुर्खेतका उपसचिव जंगबहादुर डांगीले यहाँका समस्यालाई चूनौतिका रुपमा लिएर कानुन निर्माण गरिनुपर्ने बताउनु भयो । उहाँले अवसरहरुको पहिचान गर्न पनि आवश्यक रहेको आँैल्याउनु भयो । ‘कर्णाली प्रदेशको अशिक्षा, रोग, लैगिंक असमानतालाई समस्याका रुपमा भन्दा पनि चूनौतिका रुपमा लिएर कानुन निर्माण गर्न आवश्यक छ’ उहाँले भन्नुभयो, ‘प्रदेशले आफ्नो कानुन आफै गराउने अवसर छ । यहाँ प्रचुर प्राकृतिक श्रोत्र र साधान, जडीबुटी, जलविद्युत, पर्यटन, कला संस्कृतिलगायत धेरै अवसहरु छन् । हामीले कानुन बनाउँदा सबै क्षेत्रमा सकारात्मक विभेदका आधारमा कानुन निर्माणमा जोड दिनुपर्छ ।’

यस्तै बरिष्ठ अधिवक्ता भुष्णकुमार मान्धरले कर्णाली प्रदेशको समृद्धिका लागि सबै भन्दा पहिलो यहाँको सुहाउँदो कानुन निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले कर्णालीका गाउँगाउँका समस्या सम्बोधन हुने गरी र समाजिक सद्भावलाई सम्बोधन गरिने गरी कानुन निर्माण गरिनुपर्ने बताउनु भयो । ‘

अधिवक्ता हिमालजंग शाहीले पनि कर्णाली प्रदेशको आवश्यकता अनुसार नै कानुन निर्माण गर्न सुझाव दिनुभयो । यहाँको सम्भावनाहरुलाई पहिचान गरी व्यबहारिक कानुन निमार्णमा जोड दिनुभयो । उहाँले यहाँको उर्जाशक्ति, जनताहरुलाई यही रोजगारीका अवसरको सृजना गर्न सक्ने कानुन निर्माण गरिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले कर्णालीको समृद्धिको यात्रा कानुनले तय गर्ने भन्दै यस क्षेत्रको मौलिकतामा आधारित भएर कानुन निर्माण हुने बताउनुभयो । उहाँले कसैले पनि पछि कानुन यस्तो बनेछ भनेर धारे हात नलगाउने गरी आफुहरु कानुन निर्माणमा लागेको बताउनुभयो । ‘कर्णालीको समृद्धिका लागि हामी अघि बढेका छाँै । अहिले हामीले कानुन निर्माणलाई प्राथमिकता दिएकाछाँै’ उहाँले भन्नुभयो, ‘कर्णालीलाई बिकसित प्रदेश गराउन हामी जनताको भावनाअनुसार कानुन निर्माण गछाँै ।’