सुर्खेत, २७ कात्तिक (जागरण) । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रादेशिक शहिद पार्क निर्माण कार्य शुरु गरिएको छ ।
राजाधानी सुर्खेत वीरेन्द्रनगर ४ मा प्रादेशिक शहिद पार्क तथा बोटाकेनिकल गार्डेन निर्माण शुरु गरिएको हो ।
शहिद पार्कको आज विशेष कार्यक्रमकाबिच प्रदेशसभा सदस्य यामलाल कंडेल र वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देव कुमार शुवेदीले संयुक्त रुपमा शिलान्या गर्नुभएको छ ।
कर्णाली प्रदेश सरकारको वन तथा वातावरण निर्देशनालयको मुख्य आयोजनामा निर्माण गर्न लागिएको पार्कको सिलन्यासनपछि बोल्दै नगरप्रमुख देव कुमार शुवेधीले विकास निर्माणले तिव्रत लिएको बताउनु्भयो ।
उहाले कर्णाली प्रदेश पर्यटन क्षेत्रबाट नै विकास गर्न सकिने भन्दै अब स्थानीय प्रदेश सरकारको समन्वउयबाट विकास निर्माणका कामलाई अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य यामलाल कंडेलले जनताको चाहाना चाडो पुरा गनुपर्ने भन्दै सरकार जनप्रतिनिधि र जनताको सम्बन्धलाई मजबुत बनाउनुपर्ने बताउनुभयो ।
उहाले विकास निर्माणका कामा ढिलाई गर्न नहुने भन्दै काम नगर्ने प्रवित्तिले विकासको गति अगाडी बढ्न नसकेको बताउनुभयो ।
उहाले प्रदेशको राजधानीमा राम्रो काम हुनुपर्ने भन्दै त्यसको सिकाई प्रदेशभर नै प्रेरेरणा बन्ने बताउनुभयो ।
