कर्णालीका रित्त दुई स्थानीय तहहरुको निर्वाचनका लागि ८ जनाको उम्मेद्वारी

कालि बहादुर थापा÷बुद्धी पुन
हुम्ला, सल्यान २८ कात्तिक । हुम्लाको खार्पुनाथमा रिक्त रहेको उपाध्यक्ष पदका लागी ३ जनाको उम्मेदवारी परेको छ ।
आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागीे खार्पुनाथ गाउँपालिकामा पाँच जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपाध्यक्ष पदको उम्मेदवारी दिनका लागी बिहान १० बजे देखी दिउसोँ १ बजे सम्मको समयसिमा तोकिएको थियो ।
जसमा ने क पा,नेपाली काँग्रेस र राप्रपाबाट १।१ जनाको गरी ३ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत चन्द्रकान्त पौडेलले बताउनु भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सत्तारुढ नेपाल कम्यूनिष्ट पाटी (नेकपा) बाट गएको निवार्चनमा सोही पदमा पराजित रुपा शाही, नेपाली काँग्रेसबाट तारा शाही र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दिप बहादुर शाहीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यस्तै, सल्यानमा रिक्त रहेको एक वडाअध्यक्ष पदका लागी पाँच जनाको उम्मेदवारी परेको छ ।
कुमाख गाउपालिका ५ मा पाँच जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
वडाअध्यक्ष पदको उम्मेदवारी दिनका लागी बिहान १० बजे देखी दिउसोँ १ बजे सम्मको समयसिमा तोकिएको थियो ।
जसमा पार्टीबाट तीन जना र स्वतन्त्रबाट दुई जना गरेर पाँच जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिस कुल प्रसाद पाण्डे जानकारी दिनुभयो ।
उहाँका अनुसार सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बाट धर्मे बुढाथोकी, नेपाली काँग्रेसबाट खड्ग बहादुर बोहरा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोपाल शाहले उम्मेदवारी दर्ता गरेका छन् । भने स्वतन्त्रबाट चित्र प्रकाश गिरी र दलबिर बस्नेतले पनि उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय रागेचौरले जनाएको छ ।