पर्यटन प्रवद्र्धनमा कलाकारहरुको ठुलो भुमीका हुने कलाकारहरुको भनाई (अडियोसहित)

पंखबहादुर शाही
सुर्खेत, २८ कात्तिक (जागरण) नेपाली सिने जगतका कलाकारहरुले पर्यटन प्रवद्र्धनमा कलाकारहरुको ठुलो भुमीका हुने बताएका छन् ।
नेपाल भ्रमण बर्ष ससफल बनाउनका लागि आफुहरुले ‘सप्तरङ्ग’ कार्यक्रम संचालन गरिरहेको भन्दै यसले पर्यटन आगमणमा सहयोग पुग्ने बताएका छन् ।
सप्तरङ्गको दोश्रो चरणको कार्यक्रम अन्तरगत कर्णाली प्रदेशको राजधानीमा आइपुगेका सिने जगतका कलाकारहरुले यस्तो बताएका हुन् ।
कार्यक्रमको बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै महानायक राजेश हमालले कर्णालीको पर्यटन प्रवद्र्धनमा कार्यक्रमले ठुलो सहयोग पुग्ने बताउनुभयो ।

उहाले कला क्षेत्र र पर्यटन क्षेत्र एक अर्कामा परिपुुरक हुने भन्दै गित संगितको माध्यमबाट सबै क्षेत्रको विकास हुने बताउनुभयो ।
गृष्मा ब्रोडकास्टिङले आयोजनामा देशका सातवटै प्रदेश कार्यक्रम संचालन गरिने छ । त्तयही अन्तर्गत भोली कर्णाली प्रदेशमा कार्यक्रम हुने छ ।
पहिलो सिजनमा सद्भाव र ऐक्यवद्धतालाई केन्द्रमा राखेको आयोजकले दोस्रो सिजनको कार्यक्रमलाई पर्यटन प्रवर्धन र समुन्नति केन्द्रित गर्ने उद्देश्य राखिएको छ ।