काठमाण्डौं, २६ वैशाख (जागरण) । कर्णाली प्रदेशमा ठूला विकास निर्माणका योजनाका लागि केन्द्रीय सरकारसंग बजेट माग गरेको छ । आज काठमाण्डौँमा प्रदेशमा रहेका ठूला विकास निर्माणका कार्यहरुको लागि बजेट व्यवस्थापन गर्न र सञ्चालनका लागि कर्णाली प्रदेशका राजनिति दल र जनप्रनिनिधिहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका हुन ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र अन्य राजनितिक दलका प्रतिनिधिहरुले भौतिक पूर्वाधार, हवाई यातायत, उर्जा विद्युतीकरण, सिंचाई, संचार, बस्ती विकार, पर्यटन, खानेपानी, शिक्षा र कृषिलाई प्राथमिकता दिएर बजेट माग गरेका छन् ।
कर्णाली प्रदेशको आय स्रोत सुन्य रहेको र प्राकृतिक स्रोतले धनि रहेको यस प्रदेशको द्रुत विकासका लागि न्यायोचित बजेट व्यवस्था गर्न ज्ञापन पत्रमा माग गरिएको छ । ज्ञापन पत्रमा कर्णाली द्रुतमार्ग, कर्णाली र भेरी करिडोरका सडकहरुलाई दुई लेनमा विस्तार गर्न, तेलपानी भूरीगाउँ सुरुङमार्ग निर्माण, नाक्चेनाग्ला सडक निर्माण गरी द्रुतमार्गमा जोड, मरिम—धो— सुर्खेत दुईदेशीय सडक नाका निर्माण, दाङ सडक दिपायल सडक र राप्ती लोकमार्गलाई दुई लेनमा बिस्तार गर्न बजेट माग गरिएको छ ।
यस्तै प्रदेश राजधानि सुर्खेतमा अन्तराष्टिय स्तरको विमानस्थल निर्माण गर्न र हुम्लामा विमानस्थल निर्माण गर्न पनि केन्द्र सरकारसंग माग गरिएको छ । केन्द्र सकारसंग कर्णाली करिडो र भेरी करिडोरमा चार सय केभीएको प्रशारणलाइन निर्माण गर्न र कर्णाली प्रदेशका सबै जिल्लाहरुमा केन्द्रीय प्रशारण लाइन जोड्न पनि माग गरिएको छ ।
कर्णाली प्रदेशमा ग्यास र युरेनियम खानिको सम्भाव्यता अध्ययन, तामा, फलाम खानीको उत्खनन्को सर्भे गर्न र काँक्रेबिहार–शेफोक्सुण्डो–डोल्पा–रारा–हिल्सा–सिंजा–दुल्लु पर्यटकिय सर्किट निर्माणका लागि पर्यटकिय पूर्वाधार निर्माण गर्न का लागि पनि सहयोग गर्न केन्द्र सरकासंग माग गरिएको छ । प्रदेशका दुई लाख घरधुरीलाई बस्तीविकासका रुपमा बदल्ने र कर्णाली प्रदेशका तिन हजार २० सामुदायिक विद्यालयहरुमा डिजिटल बोर्ड उपलब्ध गराउन पनि केन्द्र सरकारसंग माग गरिएको छ ।
यस्तै केन्द्र सरकारसंग प्रत्येक स्थानीय तहमा ७२ जना डाक्टर र ल्यापसहित स्वास्थ्य संस्था निर्माण गर्न पनि माग गरिएको छ ।