प्रदेश सरकारको योजनाः ग्रामिण क्षेत्रका महिला, दलितलाई स्वरोजगार बनाईदैँ (अडियोसहित)

पंख बहादुर शाही
सुर्खेत, ३० कार्तिक (जाागरण) । कर्णाली प्रदेश सरकारले ग्रामिण क्षेत्रका महिला दलित र पछाडी पारिएका वर्गहरुलाई माथी उठाउन विभिन्न सचेतनामुलक कार्यक्रम ल्याएको बताएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले ग्रामिण क्षेत्रका नागरिकहरुको अबस्थालाई माथी उठाउन रोजगारमुलक र महिला उद्यम लगाएतका कार्यक्रम ल्याएइको बताएको छ ।
अहिले कर्णालीका १० ओटै जिल्लामा रहेका सामाजिक विकास कार्यालय र स्थानीय सरकार सँग समन्वयन गरेर काम अघि बढाएको सामाजिक विकास शाखाकी महिला अधिकृत योशोदा कुमारी शर्माले कर्णाली रैबारलाई बताउनुभएको छ ।

उहाले गत बर्षदेखि नै महिलाहरु लक्षित कार्यक्रमहरु संचालन गरिएको भन्दै यो बर्षपनि धेरै योजना संचालन गरिएको बताउनुभयो ।

तर प्रदेश सरकारले ल्याएका योजनाहरु कार्यान्वयन नहुने गरेको भन्दै यसको कार्यान्वयनमा ध्यान दिनुपर्ने नागरिकहरु बताउछन् ।
सामुनुपातिक समावेशितासहित देश संघिय संरचनामा गएर कार्यान्वयनमा गएपनि कर्णालीमा लैङ्गीक असमानता कम हुन सकिरहेको छैन् ।
छाउपढि प्रथा, वहुविवाह, अशिक्षा लगाएत सामाजिक कुप्रथाका कारण कर्णालीका महिलाहरु पिडित बनेका हुन् ।
दुर्गम क्षेत्रका महिलाहरु बिभिन्न हिंसामा पर्ने गरेका छन् । महिला मात्र होईन दलित आर्थिक अभाव भएकाहरुले अझै पनि छाक टार्न नसक्ने गरेको बताउनछन् ।