विष्णुनाथ सिमखडा
कालिकोट, १ मंसिर (रेडियो चंखेली) । कालिकोटको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बमलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जिल्ला कमिटी सदस्यबाट निलम्बन गरिएको छ ।
अध्यक्ष बमलाई नेकपाले गाउँपालिकाको अध्यक्ष भएपछि आर्थिक अनियमिता, पाटिले गरेको निर्णयको अस्वीकार गरेको लगायतका आरोपमा पार्टीबाट निलम्बित गरेको हो ।
बमलाई आर्थिक अनियमिततासँगै पार्टी अनुशासन विपरीत कार्य गरेको भन्दै जनस्तरबाटै व्यापक गुनासो आएपछि जिल्ला समितिको सदस्यबाट निलम्बन गरिएको नेकपा कालिकोटका पाटि अध्यक्ष धनजित शाहीले बताउनुभयो ।
छानविन समितिको प्रतिवेदन के कस्तो आउँछ, त्येसपछि मात्रै साधारण सदस्यबाटै निलम्बन गर्ने वा नगर्ने भन्ने बारेमा निष्कर्ष हुने छ ।
गाउँपालिका अध्यक्ष बमले गरेको भनिएको आर्थिक अनियमितता र पार्टी अनुशासन विपरीत कार्यका विषयमा छानबिन गर्न नेकपा कर्णाली प्रदेशका सदस्य विष्णु विकको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको अध्यक्ष शाहीले बताउनुभयो ।
छानबिन समितिको प्रतिवेदनअनुसार नै पार्टीले अध्यक्ष बममाथि थप प्रक्रिया अगाडि बढाउने पार्टी सचिव नगेन्द्र शाहीले जानकारी दिनुभयो ।
अध्यक्ष बममाथि कारबाहीको माग गर्दै जिल्ला समितिका १० जनाले पार्टीमा उजुरी गरेका थिए ।
पटक पटक गाँउकमिटिले वमलाई कारवाही गर्न खिति निवेदन पाटिमा आएको थियो ।
अध्यक्ष वमले, आफु पार्टीबाट निलम्बनमा परेपनि जनताबाट निलम्बनमा नपरेको प्रतिक्रिया दिनुभएको छ । आफुले आर्थिक अनियमिता नगरेको बरु पार्टीसंग सल्लाहा नगरि केही जनमुखि काम गरेको स्वीकार उहाले गर्नुभएको छ । यदि अनियमिता गरेको प्रतिवेदन छानविन समितिले निकाल्यो भने आफु पार्टी र सत्ताबाटै राजिनामा दिने उहाले बताउनुभयो । …
स्थानिय तहको निर्वाचन जितिसकेपछि पहिलो वर्षमै अध्यक्ष वम चर्चामा हुनुहुन्थ्यो । पहिलो वर्षमै गाउँपालिकाका बेरोजगारी युवाहरुलाई पलाता निर्माण कार्यदल बनाएपछि चर्चामा हुनुहुन्थ्यो ।