यातना सहन नसकेर भागे दैलेखका बालगायकहरु (भिडियोसहित)

सुर्खेत, २ मंसिर (जागरण) । पठनपाठनका लागि भन्दै कास्कीको पोखरा पुर्‍याइएका दैलेखको तल्लोडुङ्गेश्वरका तीन जना बाल गायक सुनिल बादी, विकास बादी र रविन्द्र बादी भागेर घर आइपुगेका छन् ।


विद्यालयमा यातना दिने गरिएपछि आफूहरु भागेर घर आइपुगेको र अव दैलेखमै पढ्न शुरु गरेको उनिहरुको भनाई छ । तीन जनाले संयुक्त रुपमा सुमधुर आवाजले गीत गाउने उनिहरु लामो समयदेखि नै सामाजिक सञ्जालमा चर्चा बटुल्न सफल भएका पात्र हुन् ।
उनिहरुसँग न मोवाइल छ, न रेडियो वा टेलिभिजन नै तर पनि उनिहरु नयाँ नयाँ गीतहरु सजिलै गाउन सक्छन् । उनिहरुकाअनुसार एउटा गीत सिक्नका लागि १० रुपैयाँ तिरेर अर्काको मोवाइल माग्ने गरेका छन् ।

हेरौँ उनिहरुको गीत र गरिएको यो कुराकानीः