प्रमुख प्रशासकीय अधिकृतले कमिशन लिएको भन्दै उजुरी (अडियोसहित)

काली बहादुर थापा
हुम्ला, ३ मंसिर (रेडियो श्रीनगर) । मुगुको सोरु गाउँपलीकाका प्रमुख प्रशासकीय अधिकृतले नागरीकबाट कमिशन लिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ ।
सोरु गाउप्ााँलीका वडा नं १ र ४ का असिना पिडितहरुको नाममा आएको रकमबाट कमिसन लिएको भन्दै उजुरी परेको हो ।
कर्णाली प्रदेश सरकारले अशिना पिडतको लागि भन्दै १ करोड बराबरको रकम बिनियोजन गरेको थियो ।
उक्त रकममा कुनै मापदण्ड नबनाई बितरण गरेको र त्यसमा २ लाख ५० हजार रकम कमिशन लिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएकोद सोरु गाउँपालीकाका स्थानीय लोकेन्द्र शाहीले बताउनुभयो ।

उहाले पदमा बसेर कसैलेपनि अनियमितता गर्न नपाइने बताउनुभयो ।
मुगु जिल्ला सहायक प्रमुख जिल्ला अधिकारी केशब अधिकारीले नागरिकहरुबाट उजुरी परेको भन्दै त्यसको बारेमा छानबिन हुने बताउनुभएको छ ।

यता, गाउँपालीकाका गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्ययले भने आफुले कुनैपनि बाहानामा कमिसन नलिएको प्रतिक्रिया दिनुभएको छ ।
गाउँपालिका अध्यक्ष लोक बहादुर शाहीले यस सम्बन्धी सबै कागजात जिल्ला प्रशासनले एक हप्ताभित्र पठाउन निर्देशन दिएको भन्दै कागजातहरु पठाइने बताउनु्भयो ।

उजुरीमा वडा कार्यालयको सीफारीसमा वडा नं ४ का प्रा स अबर शाहीको खातामा २८ लाख ८९ हजार ३ सय पचास रुपैया पठाएको र निज शाहीकै खाताबाट प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्ययको खातामा २ लाख ५० हजार रकम पठाएको उल्लेख छ ।