सीमा प्रहरीचौकी बेसीतिर सारिए

दिलमायाँ शाही
मुगु, ३ मंसिसर (रेडियो सौर्यदय) । मुगुको पूर्वी किनारामा पर्ने मुगुमकामारोङ्ग गाउँपालिका २ मुगु गाउँमा रहेको सीमा प्रहरीचौकी चिसो बढ्न थालेपछि बेसीतिर सारिएको छ ।
सीमा सुरक्षाका लागि राखिएको प्रहरीचौकी चिसो बढेसँगै बेसी पुलु र सदरमुकाम गमगढीमा सारिएको हो ।
नेपाल र चीनको सीमा नाकाबाट अबैध व्यापार आयात निर्यात नहोस् भन्ने उद्देश्यले राखिएको सीमा प्रहरीचौकी चिसो अध्याधिक बढेकाले मुगुमकामारोङ्ग गाउँपालिका ६ पुलुमा सारिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
बेसी झरेका प्रहरी आगामी गर्मी सिजनमा यार्सागुम्बा टिप्ने समय बैशाख–जेठमा माथि लेकमा जाने र चिसोको समय कार्तिक अन्तिमतिर पुलु प्रहरी चौकी सदरमुकाम गमगढी झर्ने गर्दछन् ।