काठमाण्डौं, २७ वैशाख (जागरण) । मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर मोहम्मदले आम चुनावमा ऐतिहासिक जित हाँसिल गर्नुभएको छ ।
मलेसियाली चुनाव आयोगका अनुसार महाथिरको विपक्षी गठबन्धनले चुनावमा ११५ सिटमा जित हात पारेको छ । मलेसियामा सरकार बनाउन १ सय १२ सिट आवश्यक पर्छ ।
९२ वर्षीय महाथिर मोहम्मले बारिसन नेसनल(बीएन) गठबन्धनलाई नराम्रोसँग हराउनुभएकाे छ । पार्टी पछिल्लो ६० वर्षदेखि सत्तामा रहेको छ ।
उहाँको सपथ ग्रहण आज हुनेछ । सपथग्रहणपछि महाथिर विश्वकै वृद्ध निर्वा्चित नेता हुनुहुनेछ । सपथग्रहण समारोहका लागि आज र भोली मलेसियामा सार्वजनिक बिदा दिइएको छ ।
मतपरिणाम सार्वजनिक भएसँगै महाथिरका समर्थक सडकमा विजयोत्सव मनाइरहेका छन् । बीएन तथा प्रमुख पार्टी संयुक्त मेलेसिया राष्ट्रिय संगठन (यूएमएनओ) सन् १९५७ मा ब्रिटेनबाट स्वतन्त्रता पाएसँगै सत्तामा रहेको थियो ।
तर केही सालदेखि यसको लोकप्रियता कम हुँदै गइरहेको थियो । त्यसैको परिणामस्वरुप उसले आम चुनावमा ७९ सिटमा जित हात पार्यो । सन् २०१३ को चुनावमा विपक्षी पार्टीले लोकप्रिय मत प्राप्त गरे पनि सरकार बनाउन भने सफल भएन ।
यसपल्ट महाथिर मोहम्मदले प्रधानमन्त्री नजीक रजाकविरुद्ध आक्रामक रुपमा प्रचार गर्नुभएको थियो । महाथिर मोहम्मद आफै पनि बीएनका हिस्सा रहनुभएकाे थियाे । उहाँ नजीबको राजनीतिक गुरु पनि हुनुहुन्छ । तर उहाँले पार्टी भ्रष्टाचारमा लिप्त भएको भन्दै आफूलाई पार्टीबाट अलग गर्नुभएको थियो । उहाँले भन्नभएको थियो, ‘जुन पार्टी भ्रष्टाचारको समर्थन गर्छ उसँग रहनु भनेको अपमानित हुनु हो ।’ महाथिर मोहम्मदलाई आधुनिक मलेसियाका निर्माताका रुपमा चिनिन्छ ।