पंखबहादुर शाही
सुर्खेत, ४ मंसिर (जागरण) । कर्णाली प्रदेश सरकारले एकिकृत बस्ती विकासको कार्यक्रमलाई अगाडी बढाउने भएको छ । चालु आर्थिक बर्षको नीति तथा कार्यक्रममा यो कार्यक्रम समेटिको सरकारले कर्णालीका बस्ती विकासको कार्यक्रम प्रभावकारी ढंगबाट अगाडी बढाउनु लागेको हो ।
प्रदेश सरकारका प्रवक्ता रमेत रहनुभएका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले कम्तीमा पनि एउटा जिल्लाको एउटा गाउँलाई नमुना गाउँको रुपमा विकास गर्ने गरी त्यस्को डिजाईन र सर्वेको काम अघि बढिरहेको कर्णाली रैबारलाई बताउनुभयो ।
अघिल्लो आर्थिक बर्षमा पनि प्रदेश सरकारले एकिकृत वस्ती विकासको लागि कार्यक्रम ल्याएको थियो । तर कार्यान्नवयन भने हुन सकेन् ।
कर्णालीका धेरै ठाउँका वस्तीहरु एकिकृत नहुँदा विकास निर्माणका काम गर्न समस्या भएको भन्दै लाागि एकिकृत बस्ती विकास गर्नेगरी नमुना गाउँ छनौट गरेको मन्त्री केसीले बताउनुभयो ।
कार्यक्रमलाई प्रभावकारी ढङ्गले अगाडी बढाउनको लागि सरकार लागेको भन्दै उहाले कर्णालीका दुर्गम भेगहरुमा विद्यार्थीहरु स्कुल,सडक,स्वास्थ्य लगाएको राम्रो पहुँच नभएका ठाउँहरुको अध्ययन गरेर निश्कर्षमा पुगिने उहाको भनाई छ ।
मन्त्री केसीले कर्णालीको विकास अब फरक मोडेलबाट गर्नुपर्ने भन्दै विगतमा कर्णालीको गरिबी बेचेर खानेहरुले गर्दा कर्णाली पछि परेको बताउनुभयो ।