सु–साशन कायम गर्न राजनितिक दलहरु प्रतिवद्ध

केशर बहादुर पुन
रुकुम, ४ मंसिर (सानीभेरी) । रुकुम पश्चिमका राजनितिक दलहरुले सु–साशन कायम गर्ने भन्दै प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेका छन् ।
रुकुम पश्चिममा आज जिल्ला समन्वय समितिको सभाहलमा सुशासन प्रवद्धनका लागि राजनैतिक दलको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रममा सहभागि भएका प्रमुख राजनितिक दलका नेताहरुले सु–साशन कायम गर्ने प्रतिवद्धता जनाएका हुन् ।
पारस्परिक जबाफदेहिता परियोजनाको सहयोगमा हरप्लेसको आयोजनामा भएको कार्यक्रममा राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले जिल्लामा सु–साशन कायम गर्न प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका हुन् ।
आफ्ना निर्वाचन घोषणापत्र कार्यान्वयनका लागि जनप्रतिनिधिहरुलाई दिशानिर्देशन गर्ने, जिल्लामा भ्रष्टाचार विरुद्ध शून्य सहनशिलता कायम गर्ने, सुचनाको हकसम्बन्धी ऐन, २०६४ र सुचनाको हकसम्बन्धी नियमावलि, २०६५ बमोजिम सार्वजनिक निकायले स्वतः प्रकाशन गर्नैपर्ने लगायतका बुँदा कार्यान्वयन गर्ने उल्लेख छ ।
यस्तै, २० प्रकारका सूचनाहरु पार्टीको तर्फबाट नियमन सार्वजनिक गर्ने, सुशासनका बारेमा आफ्नो पार्टी संगठनका कार्यकर्ताहरुलाई प्रशिक्षण दिने लगायत सुशासन प्रबद्धनका लागि कर्मचारी संयन्त्रलाई सहयोग गर्ने प्रतिबद्धापत्रमा राजनितिक दलका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।
हस्ताक्षर गर्नेमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, समाजवादी पार्टी रहेका छन् ।