मुगु र हुम्लामा घरेलु मदिरा नष्ट

काली बहादुर थापा
हुम्ला, ४ मंसिर (रेडियो श्रीनगर) । मुगु सोरु प्रहरी चौकीले १ सय २० लिटर घरेलु मदिरा नष्ट गरेको छ । मुगु जिल्लाको सोरु गाउँपालिका वडा न ४ लिब्रु तिर लादै गरेको घरेलु मदिरा ६ गेलेनमा रहेको १२० लिटर रक्सी सोरु बर्मा प्रहरी चौकीबाट गएको प्रहरीले नष्ट गरेको हो ।
चौकी इन्चार्ज गगन बहादुर सिंहको नेतृत्वमा बरामद गरेको मदिरा आज स्थानीय जनप्रतिनिधि राजनीतिक दल उद्योगि, ब्यापारी होटल ब्याब्सायी र स्थानीय सरोकार वाला ब्यात्तिहरुको रोबहरमा नस्ट गरीएको प्रहरीले जनाएको छ ।
स्थानीय ब्यापारी टक्क ब बुढाको मदिरा सुमन परियारको ३ वटा खच्चडमा ढुवानी गर्दै गरेको अबस्थामा बरामात गरी आज नष्ट गरीएको प्रहरी चौकी प्रमुख इन्चार्ज सिंहले बताउनुभएको छ । यस्तै, चिनियाँ सीमा पर्ने हुम्लाको नाम्खा गाउँपालिकास्थित एलबाङबाट प्रहरीले ठूलो परिणाममा मदिरा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बेवारिसे अवस्थामा रहेको ५० कार्टुन चिनियाँ मदिरा प्रहरी गस्ती टोलीले बरामद गरेको हो ।
कार्यालयले झन्डै १० लाख रुपैयाँको मदिरा बरामद गरिएको जनाएको छ । प्रहरी चौकी, यलबाङका इन्चार्ज देवबहादुर गुरुङको नेतृत्वमा खटिएको टोलीले यालवाङको बाटोमा ५० कार्टुन चिनियाँ मदिरा (जिनीगिन्टी) भेटाएको हो ।
निमित्त जिल्ला प्रहरी प्रमुख राजेन्द्र सिंहले मदिरा कसको हो भन्नेबारे आवश्यक अनुसन्धान भइरहेको बताउनुभएको छ ।