मेडिकल कलेज सञ्चालन हुने पक्का भएपछि नागरिक खुसी

सुर्खेत, ५ मंसिर (जागरण) । सरकारले सुर्खेतमा मेडिकल कलेज सञ्चालन गर्ने पक्का भएपछि वीरेन्द्रनगरका नागरिकहरु खुसी व्यक्त गरेका छन् ।
मेडिकल कलेज आयोजना कार्यालयले गरेको छलफलमा वीरेन्द्रनगर नगरपालिका ११, १२ र १३ का नागरिकहरुले खुसी व्यक्त गरेका हुन् ।
नेपाल सरकारले शिक्षा मन्त्रालय अन्तर्गत सुर्खेतमा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेको थियो ।


वन तथा वातावरण मन्त्रालयले वडा नम्बर ११, १२ र १३ का सामुदायिक वन भित्र पूर्वाधार निर्माण गर्नेगरी वातावरणिय प्रभाव मूल्याङ्कन गर्न सहमति प्रदान गरेको छ ।
तीनवटै वडाका जनप्रतिनिधि, सामुदायिक वन उपभोक्ता संस्थाका पदाधिकारी तथा सर्वसाधारणले नेपाल सरकारको निर्णयको स्वागत गरेका छन् ।
आयोजना कार्यालयका प्रमुख जीतबहादुर शाहकाअनुसार अब केही समयभित्रै सामुदायिक वनमा वातावरणिय प्रभाव मूल्याङ्कनको काम शुरु गर्न प्राविधिक टोली ल्याइने बताउनुभयो ।