चार महिनामा ३२ लाखभन्दा धेरै राजस्व संकलन (अडियोसहित)

पंखबहादुर शाही
सुर्खेत, ६ मंसिर (जागरण) । जिल्ला ट्राफिक कार्यालय सुर्खेतले चालु आर्थिक बर्षको साउन देखि कार्तीक महिना सम्म करिब ३३ लाख राजस्व संकलन गरेको छ ।
ट्राफिक प्रहरी कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार सुर्खेतबाट बाहिरीने र भित्रिने ४ हजार ४ सय ५७ सवारी साधनबाट ३२ लाख ७२ हजार ८ सय रुपैया राजस्व संकलन भएको हो ।
ट्राफिक नियम मिच्नेलाई सवारी र चालकमाथी कडाई गरिएको भन्दै नियम नमान्ने ६ सय ६ ओटा बसबाट १२ लाख ३३ हजार २ सय जविाना उठाइएको ट्राफिक प्रहरी सहायक निरिक्षक हरिभक्त रोकायले कर्णाली रैबारलाई जानकारी दिनुभयो ।

ट्राफिक नियमबारे जानकारी बनाउदा पनि नियम नमान्ने गरेको भन्दै अब अझै कडाई गरिने उहाँले बताउनुभयो ।
सिट भन्दा बढि जडान गरेर बीच कोलिया भागमा बसेर सवारी साधनको क्षमता भन्दा धेरै यात्रु बोक्ने सवारी साधनका १ सय २५ ओटा सिटहरु  विहीबार नियन्त्रणमा लिएको रोकायाले बताउनुभयो ।
यस्तै ४७ ओटा सवारी साधनलाई स्पोटमा कागजपत्र खोसेर जरिवाना काटेको पनि उहाँले जानकारी दिनुभयो ।