चुनौतिहरु चिर्दै त्रिवेणीको समृद्धिको मार्गचित्र कोर्दैछौँः अध्यक्ष डाँगी

सुर्खेत, २८ वैशाख (जागरण) । स्थानीय सरकार अन्तर्गत जागरण एफ. एम. र www.jagaran.com.np ले कर्णाली प्रदेशका स्थानीय सरकारले गरिरेहका काम, आगामी योजना, खेप्नुपरेका चुनौतिलाई समेटेर विभिन्न सामग्री प्रसारण र प्रकाशन गर्दै आएका छौँ । जागरणकर्मी चाँदनी कठायतले सल्यानकाे त्रिवेणी गाउँपालिकाका अध्यक्ष मानबहादुर डाँगीसँग कुराकानी गर्नुभएकाे छ ।

प्रस्तोताः यो एक वर्षको अवधिमा तपाईँले गर्नुभएको मुख्य तीन काम के–के हुन् ?

पाहुनाः सबैभन्दा पहिला हामीले कार्यालय व्यवस्थापनको काम ग¥यौँ, वडा कार्यालयहरु व्यवस्थित ग¥याँै । त्यसै गरी कार्यालय संचालनका लागि नभई नहुने निती बनायौँ । त्यसपछि हामीले स्थानीय सडकका मापदण्ड, योजना संचालन कार्यविधि, अधिकतम साधन श्रोतको व्यवस्था र दीर्घकालिन सोचका लागि योजना बनायौँ ।

प्रस्तोताः आगामी चार वर्षका लागि तपाईँको योजना के छ ?

पाहुनाः कर्णाली प्रदेशमा रहेको सल्यानको त्रिवेणी गाउँपालिकालाई समृद्ध गाउँपालिका बनाउने योजनामा हामी छौँ । विशेष गरी हामी स्वास्थ्य, कृषि र पुर्वाधार विकासमा आमुल परिवर्तन गर्नेगरी हामी लागेका छौँ । त्यसैगरी शिक्षा, पशुपालनलाई प्रोमोट गरी यहाँका सबै नागरिकलाई व्यवसायिक बनाउने सोच बनाएका छौँ । हामीले निती तथा कार्यक्रम पनि त्यसलाई फोकस गरेका छौँ । संचार, स्वास्थ्यको पहुँच नभएको ठाउँमा यसको पहुँच पु¥याउने र पुर्वाधार पनि देखिने गरी विकास गर्ने योजना बनाएका छौँ ।

प्रस्तोताः तपाईँको अहिलेको गाउँपालिका र पछि तपाईँ बाहिरिएर जानेबेलाको गाउँपालिकामा जनताले के फरक देख्न पाउनेछन् त ?

पाहुनाः निश्चित रुपमा धेरै कुराहरुको फरक हुनेछ । मलाई लाग्छ हामी त्रिवेणीको सबै गाउँपालिकामा हामी सबै वडामा सडक पु¥याउनेछौँ, सबै वस्तीसम्म हामी विजुली पु¥याउँछौँ । सबैलाई नभई नहुने आवश्यकताहरु पुर्ति गर्ने योजनाहरु कार्यान्वयन गर्छौँ । समृद्धिको एउटा गोरेटो निर्माण हुनेछ । मलाई विश्वास छ हाम्रो कार्यकालपछि त्रिवेणी अगाडि बढ्नका लागि मार्गचित्र बन्नेछ । पुर्वाधार तयार हुनेछन् भन्नेमा म ढुक्क छु ।

प्रस्तोताः काम गरिरहँदा चुनौतिहरु कस्ता कस्ता खेपिरहनुभाछ ?

पाहुनाः चुनौति त आएका थिए शुरुमा कर्मचारीको व्यवस्थापन नहुनु, साधन नहुनु, कार्यालय व्यवस्थापन नहुँदा कठिनाई भएको थियो । काम गर्ने क्रममा चुनौति त आईपर्छन् तर ति चुनौतिलाई चिर्दै हामी अघि बढिरहेका छौँ र बढ्नेछौँ । सल्यानकाे  त्रिवेणी गाउँपालिकाले राजपत्र पनि प्रकाशित गरिसकेकाे छ । राजपत्रमा निती तथा कार्यक्रमहरुलाई समेट्ने र तिनलाई कार्यान्वयन गर्ने खालका नियमलाई हामीले राजपत्रमा प्रकाशित गरेका छाैँ ।