विकासको नाममा जथाभावी सडक नखन्न जनताको सुझाव (अडियोसहित)

सुर्खेत, ९ मंसिर (जागरण) । स्थानीय तहका जनप्रतिनिधीले विकासका नाममा सडकलाई पहिलो प्राथामिकता दिदै आएका छन् । सडक विस्तार गर्ने भन्दै जनप्रतिनिधीले आफैले व्यक्तिगत डोजर खरिद गरि जथाभावी सडक खनेर पैसा कमाउने माध्यम बनाउने गरेको जनगुनासो आउने गर्दछ । यसरी जथाभावी सडक खन्दा भुक्षयको जोखिम पनि बढ्दै गएको छ । यता जनता भने जथाभावी सडक नखन्न आग्रह गर्छन ।