पंखबहादुर शाही
सुर्खेत, ११ मंसिर (जागरण) । कर्णाली प्रदेश सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले प्रदेश सरकारका योजनामा भ्रष्ट्राचार बढेका कारण विकास हुन नसकेको बताउनुभएको छ ।
उहाँले योजनाका काम कमिसनबिना नगर्ने विरुद्ध आक्रोस व्यक्त गर्दै उहाले बजेटको सदुपयोग भन्दा दुरुपयोग हुने परम्पराले विकास पछाडी धकेलिएको बताउनुभएको हो ।
राजधानी वीरेन्द्रनगरमा आयोजित भ्रष्ट्रचार विरुद्धको अभियान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री केसीले विकासको बाधक भ्रष्टाचारीहरुका विरुद्धमा युवाहरु एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।
कर्णालीको विकासका लागि जतिठुला भाषण गरिएपनि भ्रष्टाचारलाई रोक्न नसकिए प्रदेश सरकारले देखेका सपना सार्थक नहुने उहाको भनाई छ ।
संविधान, संघीयता र गणतन्त्रले दिएको परिकल्पना अनुसारको व्यवस्था आएपनि सोच, व्यवहारमा परिवर्तन नआएको मन्त्री केसीले बताउनुभयो ।
केसीले कर्णालीका प्रत्येक नागरिकहरु उद्यमी बन्न आवश्यक रहेको भन्दै अब सकरात्मक चिन्तनबाट अगाडी बढ्न सके कर्णालीको विकास सम्भवन हुने बताउनुभयो ।
कार्यक्रममा सहभागी सांसद पदमा कुमारी खड्काले अब कर्णालीमा व्यापक तरिकाले बालविवाह, महिलाहिंसाका बारेमा अभियाहरु सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
सामाजिक सुरक्षा तथा महिला विकास शाखा कर्णाली प्रदेशका बिश्वमणि जोशीले कर्णाली महिलाहरुको अवस्था अझै पुरानो रहेको भन्दै यसको प्रमुख कारण परम्परागत सोच रहेको बताउनु्भयो ।