सामाजिक विकास कार्यालय स्थापना डुप्लीकेसन नहुनेगरी काम गर्न जुम्ला समन्वय प्रमुखको आग्रह (अडियोसहित)

मान बहादुर कुँवर
जुम्ला, ११ मंसिर (रेडियो खुल्ला आकास) । जुम्लामा सामाजिक विकास कार्यालय स्थापना गरिएको छ ।
कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, शिक्षा बिकास निर्देशनालय अन्र्तगतको सामाजिक विकास कायर्नालय आज स्थापना गरिएको हो ।
कार्यालयको जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लाल बहादुर सार्कीले उद्धघाटन गर्नुभएको छ ।
उद्ध्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै समन्वय प्रमुख सार्कीले कुन कार्यालय बाट कस्तो सेवा पाउने भन्नेमा नागरिकहरु अझै अलमलमा परेको भन्दै डुप्लुकेसन हुनेगरी काम गर्न नहुने बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले स्थापित कार्यलयबाट दिइने सेवालाई गुणस्तरिय बनाउन आग्रह गर्नुभयो ।
यो आर्थिक वर्षमा कार्यालयको भवन निर्माणमा ७ करोड र अन्य कार्यक्रम तर्फ २ करोड बजेट बिनियोजन गरिएको सामाजिक विकास अधिकृत बलवीर सुनारले बताउनुभयो ।

कार्यालय स्थापना भएपछि जुम्लाका नागरिक सेवा लिन राजधानी सुर्खेत आउनुपर्ने समस्या हटेको प्रदेश सरकारले बताएको छ ।
यस्तै, लिफ्टिङबाट पानी पु¥याएपछि जुम्लाको तिला गाउँपालिका वडा नं १ रारा गाउँका नागरिकहरुले भोग्दै आएको खानेपानी समस्या हटेको छ ।
तिला गाउँपालिकाको ५० लाखको अनुदानमा करिब बाह्र सय मिटर टाढा बाट लिफ्टिङ सिस्टमबाट पानी गाउँमा पु¥याइएपछि नागरिकहरु खुसी भएका हुन् ।
अब खानेपानीसँगै पशुपालन, तरकारी खेती गर्न समेत सकिने स्थानीय माने रावतले बताउनुभयो ।
पानी पुगेपवछि यस बस्तीमा दुई सय पचास घरघुरी लाभाम्बीत भएको वडा नम्बर १ का अध्यक्ष पर बहादुर रावतले बताउनुभएको छ ।