दश वर्षमा १५ हजार विद्युत कसरी निकाल्न सकिन्छ ? यसाे भन्छन् जनता

सुर्खेत, २८ वैशाख (जागरण) ।  आगामी दस वर्षभित्र १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सरकारले राखेको छ । यो उदेश्यसहित ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले श्वेतपत्र जारी पनि गरेको छ । श्वेतपत्रमा तीन वर्ष्भित्र ३ हजार मेगावाट, ५ वर्ष्भित्र ५ हजार मेगावाट र १० वर्ष्भित्र १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य तोकिएको छ । यसै विषयमा हामीले दश वर्षभित्र १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्यलाई परा गर्नका लागि कसरी काम गर्नुपर्ला ? भनेर सोधेका छौँ । पढ्नुहाेस् जनताको आवाज जस्ताको तस्तै ।

-श्रीलक्ष्मी बसेल, वीरेन्द्रनगर ६ सुर्खेत । अहिले स्थानीय सरकार पनि बनेको छ, सरकारले बजेट छुट्याएर तिव्रताका साथ काम गर्नुपर्छ । योजना बनाएर कार्यान्वयन गर्न पनि पर्छ फेरि । निजी श्रोतको, वुद्धिजीवीहरुको सहयोग लिएर काम गर्नुपर्छ जस्तो मलाई लाग्छ ।

-भीमबहादुर हमाल वीरेन्द्रनगर ७ ईत्राम । सरकारले लगानी गर्न सक्छ कि सक्दैन पहिलो कुरा त हैन ? लगानी गर्न सक्यो भने सबभन्दा राम्रो यो शेयर लगानी गर्न लगाएर उत्पादनतर्फ ध्यान दियो भने राम्रो हुन्छ । बाहिरी देशमा विक्री गर्ने गरी सरकारले काम गर्नुपर्छ ।

-छविलाल खनाल, वीरेन्द्रनगर १२ । सरकारले लगानी कसरी गर्ने भनेर पनि सोचेको छ होला । गर्न चुनौतिपुर्ण त छ । बत्ती निकालिसकेपछि चुहावट रोक्नुप¥यो । लगानी पनि धेरै लाग्ने होला । त्यही हो समयमा नै बजेट निकासा गरेर काम गर्नुपर्छ होला ।

-शक्तिसिंह कठायत, जुम्ला । दश वर्षमा १५ हजार मेगावाट विद्युत निकाल्ने लक्ष्य सरकारको निती तथा कार्यक्रममा स्पष्टताका साथ अघि बढ्यो भने पुरा होला । पारदर्शी ढंगले काम गर्नुपर्छ । कुरा मात्रै गरेर हुँदैन कार्यान्वयन गर्नुपर्छ । श्रोत साधनको सही ढंगले प्रयोग गरे यो काम सम्भव छ ।

-पार्वती शाही, तातापानी सुर्खेत । बजेट छुट्याएर राम्रोसँग काम गरे त हुनेहो केरे । सबै जनतालाई सुविधा दिए राम्रो हुन्छ ।