बुद्धीमान पुन
सल्यान, ११ मंसिर (रेडियो राप्ती) । सल्यानका स्थानिय तहहरुले गरेको पहिलो चौमासिक खर्चको विवरण बुझाउन नसक्दा दोश्रो चौमासिकको लागि रकम निकासा हुन सकेको छैन् ।
९ वटा स्थानीय तहले कोष तथा लेखा नियन्त्रक कार्यालयमा खर्च विवरण बुझाउन नसकेका हुन् ।
सात गाउपालिका र दुई नगरपालिकाले पहिलो चौमासिकको नै विवरण नबुझाए पछि चालु आर्थिक बर्षको काम गर्न समस्या भएको हो ।
दोस्रो चौमासिकको निकासा लिएर धमाधम काम गर्नुपर्ने समयमा उनीहरूले पहिलो चौमासिककै प्रतिवेदन बुझाउन सकेका छैनन् ।
दश स्थानीय तहमध्ये शारदा नगरपालिका बाहेक अरूले पहिलो चौमासिकको प्रतिवेदन नबुझाएको कोष तथा लेखा नियन्त्रक कार्यालय सल्यानले जनाएको छ ।
पहिलो चौमासिकको प्रतिवेदन बुझाउन नसकेपछि दोस्रोको रकम निकासा गर्न नमिल्ने कार्यालयका सुचना अधिकारी बुद्धिमान बस्नेतले बताउनुभएको छ ।