पंखबहादुर शाही
सुर्खेत, १४ मंसिर (जागरण) । कर्णाली प्रदेशलाई अग्रानिक प्रदेशको रुपमा स्थापित बनाउने अभियान शुरु भएको छ ।
अभियान अन्तर्गत सर्खेतको वीरेन्द्रनगर नगरपालिका – १३ आफर नमुना गाउँमा जनतासँग सांसद नमुना गाउँमा अर्गानीक प्रवद्र्धनका लागि समिति गठन गरिएको छ ।
लक्षित वर्ग अर्गानीक प्रवद्र्धन कार्यक्रम अन्तर्गत पहिलो चरणको भेलाले सञ्चालक समितिको गठन प्रक्रिया टुँग्याएको हो ।
रचना बाठाको अध्यक्षतामा ७ सदस्यीय समिति गठन भएको छ । पुरै गाउँलाई अर्गानिक गाउँ बनाउन उनीहरुले पहल गर्ने बताएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेश सभा सदस्य सांसद पद्मा खड्काले अर्गानिक प्रदेशको रुपमा कर्णालीलाई अघि बढाईनुपर्नेमा जोड दिनुभयो ।
आफर गाउँ लगाएत कर्णालीका ४० ओटा गाउँलाई अर्गानिक गाउँ बनाउने प्रदेश सरकारको योजना रहेको छ । प्रत्येक गाउँका लागि ४०÷४० लाख रकम विनियोजन भएको कृषि मन्त्रालयले जनाएको छ ।