भेरी बबई डाइभर्सनः पावरहाउसको शिल्यान्यास, चार बर्षमा काम सम्मपन्न हुन्छः उर्जामन्त्री पुन (अडियोसहित)

टेकराज केसी
सुर्खेत, १७ मंसिर (जागरण) । भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध तथा पावरहाउसको आज शिल्यान्यास गरिएको छ ।
४८ मेगावट विद्युत उत्पादन गर्ने लक्ष्य रोखेको उक्त आयोजनको उर्जा जलश्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले बाँध तथा पावर हाउसको विशेष कार्यक्रमबिच शिलन्यास गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उर्जामन्त्री पुनले भेरी बबई बाध तथा पावर हावस चाँडै नै तयार हुने बताउँदै काम समयमै सक्न निर्माण कम्पनीलाई आग्रह गर्नुभयो ।

राष्ट्रिय गौरबको आयोजना सम्पन्न हुँदा एक प्रतिशत राष्ट्रिय आयमा योगदान पुग्ने भन्दै उहाले यो आयोजना ठाउँ विशेष भन्दा समग्र देशलाई लाभ मिल्ने बताउनुभयो ।

विशेषगरी सुर्खेतका तिनवटा स्थानीय तहका जनताले यसको प्रत्यक्ष लाभ हुनुपर्ने माग गरिरहेका छन् । तर मन्त्री पुनले यसको दिर्घकालिन लाभ कर्णाली प्रदेशलाई हुने दाबी गर्नुभयो ।

कार्यक्रममा बोल्दै भेरीगंगा नगरपालिकाका प्रमुख भुपेन्द्र बहादुर चन्दले प्रभावित क्षेत्रका नागरिकको माग अनुसारको उचित मुआब्जा उपलब्ध गराईदिनुपर्ने हात्तीखाल र चेपाङबासी जनतालाई स्थायी जग्गधनी प्रमाणपुर्जा उपलब्ध गराइदिन माग गर्नुभएको छ ।
यसअघि कर्णालीका जनतालाई लाभ नभएको भन्दै भेरी नदीको पानीको श्रोत रहेको सुर्खेतका तिनवटा स्थानीय तहले संयुक्त रुपमा २३ बँुदे ज्ञापनपत्र प्रधानमन्त्रीलाई बुझाएका थिए ।
सुर्खेतको भेरीगंगा नगरपालिका, गुर्भाकोट नगरपालिका र लेकवेशी नगरपालिकाले यसको रहेका छन् ।
शिलन्यास कार्यक्रममा कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाही, अन्य मन्त्रत्रीहरु, बिभिन्न स्थानीय तहका जनप्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।
यस्तै, मन्त्री पुनले अव कालीकोट अन्धकार नभएर उज्याले कालीकोट बन्ने बताउनु भएको छ । फुकोट कर्णाली हाइड्रोपावर प्रभावित क्षेत्रका नागरिकसँग कालिकोटमा कुरा गर्दै उहाले यस्तो बताउनुभएको हो ।