अधिकांश विद्यार्थीको दाँतमा समस्या

सुर्खेत, १८ मंसिर (जागरण) । अमरज्योती नमूना माध्यमिक विद्यालय वीरेन्द्रनगर १२ नेवारे चनौटे सुर्खेतका विद्यार्थीमा गरिएको दन्त शिविरमा प्राय बालबालिकाका दाँतमा किरा लागेको पाइएको छ ।
दन्त विशेषज्ञ डा. रविन्द्र मण्डलकाअनुसार त्यहाँ करिब ९२ जना बालबालिकामा दन्त परीक्षण गरिएकोमा प्राय बालबालिकाको दाँतमा किरा लागेको पाइएको हो । बालबालिकामा गिजा सुन्निएको र सही तरिकाले दाँत नमाझ्ने गरेको पाइएको उहाँले बताउनुभयो ।
गणेशजल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सुर्खेतको सहयोगमा गणेशजल डेन्टल क्लिनिकले आयोजना गरेको एक दिने दन्त शिविरमा सम्पन्न यस्तो फेला परेको हो ।