अमरदिपले विद्यार्थी बढाउँदै

सुर्खेत, १९ मंसिर (जागरण) । सुर्खेत उपत्यका भित्रको एकमात्र सामुदायिक क्याम्पस अमरदिप क्याम्पस वीरेन्द्रनगर १२ नेवारे चनौटे सुर्खेतले विद्यार्थीको भर्नादर ५० प्रतिसतले बृद्धी गर्ने लक्ष्य राखेको छ ।
आफूहरुले अव सामुदायिक क्याम्पसतर्फ विद्यार्थीको आकर्षण बढाउनेगरी विभिन्न प्याकेज ल्याउने क्याम्पसले जनाएको छ ।
क्याम्पसको सातौँ वार्षिकउत्सवका अवसरमा क्याम्पस प्रमुख टोपेन्द्र प्याकुरेलले यस्तो बताउनुभएको हो ।
उहाँले आगामी दिनमा स्थानिय तह, प्रदेश सरकार, अभिभावक र दाताहरुसंगको सहकार्यबाट क्याम्पस अघि बढ्ने बताउनुभयो ।
कार्यक्रममा कर्णाली प्रदेशसभा साँसद पद्मा खड्काले अमरदिप क्याम्पसले उत्पादन गरेका विद्यार्थीले देशको समग्र विकासमा टेवा पु¥याउनेमा विश्वास व्यक्त गर्नुभयो ।
यस्तै क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष टिकाराम आचार्यले विद्यार्थिहरुको चौतर्फी विकासका लागि विद्यार्थी, शिक्षक, अभिभावक र सरोकारवालाहरु सबै एकजुट भएर लाग्नु पर्ने बताउनुभएको छ ।