निगालोबाट उत्पादित सामग्री प्रदर्शन

राजकुमार भाम ।
मुगु, १९ मंसिर (रेडियो सौर्यदय) । मुगुको खत्याड गाउँपालिका ४ माझचौरमा स्थानीय स्तरमा निर्मित हातले बुनेका निगालोबाट उत्पादित सामग्रीको प्रदर्शन गरिएको छ ।
स्थानीय स्तरमा निगालोबाट विभिन्न थरिका मुढा, टोकरी, सुपा, दरा, डोकालगायतका निगालो बाट निर्माण गरिएका सामग्रीहरुको प्रदर्शनी गरिएको हो ।
नेपाल सरकार वन तथा वातावरण मन्त्रालय अनुकूलन कोष, विश्व खाद्य कार्यक्रम र ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसी) मुगुको सहयोगमा २० जना उद्यमीलाई छनोट गरी एक महिने तालिम भएको थियो ।
तालिममा सहभागितापछि निर्माण गरिएका सामग्रीको प्रदर्शनी गरिएको ग्रामिण सामुदायिक विकास केन्द्र मुगुका उद्यम विकास अधिकृत जगत बहादुर भामले जानकारी दिनुभएको छ ।