भाइरल गायकहरुले सम्झाए बाल्यकाल, को-को हुनुहुन्छ यीबाहेक अरु पनि खेल खेल्ने ? (भिडियो सहित)

काठमाडौं, २० मंसिर (जागरण) । तपाईं हामी सवैलाई आफ्नो बाल्यकाल निकै प्यारो लाग्छ । आखिर किन ? किनभने बाल्यकालमा नै धेरै त्यस्ता हर्कत् गरिएका हुन्छन्, जो मानसपटफलमा अमिट् छाप बनिसकेका छन् ।
सम्झिनुहोस् त बाल्यकालमा के कस्ता खेल खेलियो ? भाँडाकुँडी, चच्चु चै, डण्डिबियो, कबड्डी, उड्की-मुड्की यस्तै यस्तै । यसबाहेक अरु खेल पनि खेलियो । बाल्यकालका त्यस्तै हर्कत् र खेलहरुको संगालो भाइरल बाल कलाकारहरुको साथमा सार्वजनिक भएको छ ।
पेशाले सरकारी सेवाको इन्जिनियर रहनुभएका रेशम ओलीको लय, शव्द र स्वरमा सार्वजनिक भएको गीतमा चर्चित गायिका टीका पुन र झलक संगीतमले समेत स्वरमा साथ दिनुभएको छ ।
साथमा भाइरल बाल गायकहरु भनेर चिनिने सुनिल बादी, रविन्द्र बादी र विकास बादी तथा रश्मि ओलीले आवाज दिनुभएको छ ।
प्रमिला सुवेदी ओली निर्माता रहेको गीतको भिडियो निर्देशन चन्द्र मन्दिर मगरले गर्नुभएको हो भने छायाङ्कन करण चैसर र सम्पादन मनोज कार्कीले गर्नुभएको छ ।
गीतमा अभिनय बालकलाकार राकेशजंग हमाल, अनिष कार्की, रश्मि ओली, स्पन्धन ओली, अंकित कार्की र रोशिता ओली तथा रेशम ओली, झलक संगीतम, गणेश ओली, गणेश खड्का, बखत केसी, संगीता श्रेष्ठ र दीपा केसीलगायतको छ ।


यस्ता छन् गीतका शव्दहरु:

“चच्चु चै धान खाने बाख्राेलाई बाघले खायाे ।
१. काेलगैराकाे एक्ले तिजु वैशाखमा पाक्ने
डाली बसी चच्चु खेली मन कहिल्यै नथाक्ने ।
कुटिडाँडा काख‌ैमा सानाे मेराे गाउँ छ
जति सुख सयलमा रमे नि हाे… गाउँकै मायाँ
लाउछ ।”

“एउरी, देउरी, तेउरी, चाैँरी, चम्फा, झिर, झल्लर ।
२. कुटिडाँडामा जम्मा भई खेल्थ्याैँ डण्डिबियाे
न त शाेक, न त सुर्ता क्या रमाइलाे थियाे ।
कुटिडाँडा काख‌ैमा सानाे मेराे गाउँ छ
जति सुख सयलमा रमे नि हाे… गाउँकै मायाँ
लाउछ ।”

“दुकुर दुकुर कुहिराे, तेराे घर चाेर पस्याे, ढिकि
झाँताे लडायाे, आटो पिठाे उडायाे,
कुहिराे फाट्याे, परेला निकाल् त, परेला
निकाल् त, गाई बाख्रा कता गए पत्ता लगाउ ।
यता यता…!
३.दाेभान खाेली पखेराेमा घाँस काट्दै कराउथ्याैँ
सवै साथी खेल्न लाग्थ्यौँ गाई बाख्रा हराउथ्याैँ ।
कुटिडाँडा काख‌ैमा सानाे मेराे गाउँ छ
जति सुख सयलमा रमे नि हाे… गाउँकै मायाँ
लाउछ ।”

“उड्कि मुड्कि चामे चाम चुम्के डाली पुतली
साउन मास केरा पाक्याे दाम दुम ढ्याप ।
४. बाँडिचुडी अर्नि खान्थ्याैँ भए नि एक कुड्की
एकै छिनमा सवै मिलि खेल्थ्याैँ उड्कि मुड्की ।
कुटिडाँडा काख‌ैमा सानाे मेराे गाउँ छ
जति सुख सयलमा रमे नि हाे… गाउँकै मायाँ
लाउछ ।”

“भुरू… टिटि… टिटि…।
गाडी आयाे बाटाे छाेडम् बाटाे छाेडम् ।
५. खेल्ने गाडी बनाउथ्याैँ सल्ली बाेक्राे सुकाई
माटाकाे ड्याङ्ग बनाएर खेल्थ्याै सिन्की लुकाई
कुटिडाँडा काख‌ैमा सानाे मेराे गाउँ छ
जति सुख सयलमा रमे नि हाे… गाउँकै मायाँ
लाउछ ।”

“ह…ह… माले छेउ-छेउ-छेउ, ह…ह…पंचे माथी
माथी-माथी, प्वप्वप्वप्वप्पप्व, हाेरी… अाइज
६. बाघखाेरकाे राताेमाटाे खनेर घर पाेत्थ्याैँ
हलाे जुवा नारिएर बारीभरी जाेत्थ्याैँ ।
कुटिडाँडा काख‌ैमा सानाे मेराे गाउँ छ
जति सुख सयलमा रमे नि हाे… गाउँकै मायाँ
लाउछ ।”

“घुकुती बासुती कान्छाेकाे अामै खाई ? तिउन
पकाउन, माम पकाउन, लेउ माम, लेउ तिउन
कान्छाे खान्छ, सपाक सुपुक, ढुलिजाउ लपाक्
लुपुक, नुनु…!
७. विहानकाे चारै बजे भाले संगै उठ्थ्याैँ
हाई काडेर, झुली-झुली आटाे पिठाे कुट्थ्याैँ ।
कुटिडाँडा काख‌ैमा सानाे मेराे गाउँ छ
जति सुख सयलमा रमे नि हाे… गाउँकै मायाँ
लाउछ ।”

“माछी माछी-माछी भ्यागुताे ।
८. चुप्रा बजार छेउमा बग्ने लाेहाेरे छामघाट खाेली
सँगै पाैडी खेल्ने साथी कहाँ छन् आजभाेली ।
कुटिडाँडा काख‌ैमा सानाे मेराे गाउँ छ
जति सुख सयलमा रमे नि हाे… गाउँकै मायाँ
लाउछ ।

हेर्नुहोस् भिडियो: