पंख बहादुर शाही
सुर्खेत, २२कर्णाली प्रदेश सरकारको गत आर्थिक बर्षको पहिलो चौमासिकको तुलनामा चालु आर्थिक बर्षमा राजस्वमा वृद्धि हुने भएको छ ।
आर्थिक बर्ष २०७५÷०७६ को भन्दा चालु आर्थिक बर्षको पहिलो चौमासिकमा एकसय ३६ प्रतिशतले राजस्व वृद्धि भएको हो ।
गत आर्थिक बर्षको पहिलो चौमासिकमा ६३ करोड ९३ लाख ६५ हजार ४ सय ६१ रुपैँया संकलन गरेको सरकारले यो बर्षको पहिलो चौमासिकमा १ अर्ब ५१ करोड ५९ लाख ४३ हजार ५सय २५ रुपैँया संकलन गर्न सफल भएको छ ।
प्रदेश लेखा नियन्त्रण कार्यालयका लेखा अधिकृत जमानसिंह परियारले गत बर्षको चौमासिक भन्दा यो बर्ष सुधारात्मक ढङ्गले राजस्वमा वृद्धि भएको कर्णाली रैबारलाई बताउनुभयो । सुन्नुहोस् अडियो…