टेकराज केसी
सुर्खेत, २१ मंसिर (जागरण) । सुर्खेत भेरीगंगाका नागरिकहरुले शिक्षालाई गुणस्तरिय बनाउनतर्फ नगरपालिकाले ध्यान दिनुपर्ने बताएका छन् ।
कर्णाली रैबारसँग कुरा गर्दै उनिहरुले नगरपालिकाभित्र शिक्षाको अवस्था कमजोर रहेको भन्दै शिक्षामा सुधार ल्याउन आग्रह गरेका हुन् ।
उनिहरुले विकासको पहिलो आधार नै शिक्षा भएको भन्दै शिक्षाको क्षेत्रको विकास बिना अन्य क्षेत्रको विकास हुन नसक्ने बताएका छन् ।
वडा नम्बर २ का रुद्र बहादुर खत्रीले शिक्षा क्षेत्रको सुधार गर्न माग गर्दै शिक्षा बिना अन्य क्षेत्रको विकास गर्छु भन्नु गलत हुने बताउनुभयो ।
उहाले आफ्नो ठाउँमा शिक्षा प्राप्त गर्न फि उठाउनुपर्ने बाध्यता रहेको भन्दै यसको समाधान गरिनुपर्नेमा जोड दिनुभयो ।
वडा नम्बर २ सत्तरीका चन्द्र बहादुर घलेले शिक्षाको सुधारसँगै रोजगारीका अवसहरु पनि सृजना गर्न आवश्यक रहेको बतउनुभयो ।
उहाले नगरपालिकाले भौतिक पूर्वाधारलाई पहिलो प्राथामिकता दिनुपर्ने बताउनुभयो ।
अर्का सहभागी वडा नम्बर २ की कमला शाहीले महिला र वेरोजगारहरुको लागि कृषि क्षेत्रमा अनुदानको व्यवस्था गरि स्वरोजगारका अवसरहरु सृजना गर्न आग्रह गर्नुभयो ।
यता, वडा नम्बर दुइका अध्यक्ष नन्द बहादुर बुढाले भने आफ्नो कार्यकालसम्म अधिकांस विकास निर्माणका आधारहरु तयार गर्ने दाबी गर्नुभएको छ ।