केशर पुन मगर
रुकुम पश्चिम, २१ मंसिर (रेडियो सानीभेरी) । रुकुममा महिला हिंसा विरुद्धका अभियानहरु संचालन गरिएपनि प्रभावकारी नभएको पाइएको छ । गाउँघरका सामान्य महिलाहरुलाई आफुलाई हिंसा भैरहेको भएपनि यसका लागि आफु कहाँ जानुपर्छ, के गर्नुपर्छ भन्ने कुराको समेत ज्ञान नभएको बताएका छन् ।
जिल्ला प्रहरि कार्यालयको तथ्याङ्क हेर्दा यो आर्थिक बर्षमा सबै भन्दा बढि जबरजस्ती करणिका मुद्धा दर्ता भएका छन् ।
जबरजस्ति करणीका—७, जबरजस्ति करणी ऊद्योग—१, बहु बिबाह—४, बालबिबाह—१ आत्महत्या—४ र कर्तव्य ज्यानको १ वटा मुद्धा दर्ता भएको जिल्ला प्रहरि कार्यालयका प्रहरि प्रमुख सुमित खड्काले बताउनुभएको छ ।
प्रहरी प्रमुख खड्काका अनुसार महिला हिंसा हुनुको मुख्य कारण माद्यक पदार्थ सेवन भएको दाबी गर्नुभएको छ ।
त्यस्तै जिल्लाको सानिभेरी गाउँपालिकामा भने सबै भन्दा बढि घरेलु हिंसा हुने गरेको न्यायिक समिति संयोजक इन्द्रिरा ओलिले जानकारी दिनुभएको छ ।