बस दुर्घटना हुँदा १३ जना घाईते (नामावलीसहित)

शंकर केसी
सल्यान, २१ मंसिर (रेडियो कमपुरकोट) । सल्यानमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । आज छत्रेश्वरी गाउँपालिका ४ बाट दाङ तर्फ छुटेको ना ५ ख २८९० नम्बरको बस कपुरकोट गाउँपालिका ५ स्थीत अरिंगयालेफेदी भन्ने स्थानमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
घाइतेहरुलाई श्रीनगर स्थीत कान्तीपुर सामुदायीक अस्पतालमा उपचारका लागि लगिएको थियो । अस्पतालले दिएको जानकारि अनुसार घाइते मध्ये ८ जना उपचार पश्चात घर गईसकेका छन् भने अन्य ५ जनाको उपचार भइरहेको छ ।
घाइते हुनेहरुमा सानिभेरी नगरपालिका १ का १९ वर्षिय प्रकाश रावत, छत्रेश्वरी ३ का १७ वर्षिय जानकी पुन, दाङ शान्तिनगर ६ का ४५ वर्षिय हिर्मि पुन, दाङ तुलसिपुर ९ का ३७ वर्षिय शारदा चौधरी, तुलसिपुर ३ का ५३ वर्षिय टिका गुरुङ रहेको कान्तीपुर सामुदायीक अस्पतालले जनाएको छ ।
अन्य घाइतेहरुमा छत्रेश्वरी ४ का ६६ वर्षिय वेद बहादुर खत्री, दाङ दंगीशरण ४ का ४३ वर्षिय एकलाल खड्का, दंगीशरण ६ का ४२ वर्षिय उमा पुन, दंगीशरणकै ३ नम्बर वडा का २४ वर्षिय भिमसेन केसी, छत्रेश्वरी ३ निवासी १८ वर्षिय दिपक गिरी, ३१ वर्षिय चन्द्र बहादुर थापा, शान्तिनगर ६ दाङ का ५६ वर्षिय लक्ष्मी खत्री, तुलसिपुर ६ का २० वर्षिय विनोद वस्नेत रहेका छन् ।