सल्यान, २१ मंसिर (रेडियो कपुरकोट) । सल्यान जिल्लाकै पवित्र धार्मिक तिर्थस्थल शंखमुलमा ठूलो शंख सहितको पार्क निर्माण कार्य सुरु भएको छ ।
छत्रेश्वरी गाउँपालिकाको वडा नम्बर ६ मा गाउँपालिकाले पार्क निर्माणको कार्यलाई अगाडि बढाएको हो ।
करिव एक करोडको लगानीमा पार्क निर्माण गरेर ठूलो आकारको शंख स्थापना गरिने गाउँपालिकाका अध्यक्ष सन्तोष केसीले जानकारि दिनुभयो । शंख सहित बन्न लागेको पार्कको आज शिलान्यास गरिएको उहाँले जनानुभयो ।
राप्ती लोकमार्ग अन्तरगत दाङ सल्यान सडक खण्डको घोप्टे अम्राइ देखि ५ सय मिटरको दुरिमा उक्त पार्क निर्माण हुनलागेको हो । प्राबिधिक स्टमेट बनाई गाउँकार्यपालिकाको बैठकबाट उक्त पार्क निर्माणको लागि १ करोड १४ लाख ४६ हजार ९ सय २८ रुपैयाँ बिनियोजन गरिएको थियो ।