अधिकार कटौति भएका कार्यालय हरुको तथ्यांक संकलन गरिने

मान बहादुर कुँवर
जुम्ला, २१ मंसिर (रेडियो खुल्ला आँकस) । जुम्लामा पुर्नस्थापना भएका र अधिकार कटौति भएका कार्यालय हरुको तथ्यांक संकलन गरिने भएको छ ।
आज जिल्लामा बसेको सर्वपक्षिय बैठकले नेत्र शाहिको संयोजकत्वमा समिति गठन गरि तथ्यांक संकलन गर्ने निर्णय गरेको हो ।
समितिले जुम्लमा अवस्थित सरकारी कार्यालय बाट प्रवाह हुने सेवाको अवस्था समेत बुझ्ने छ ।
जनताको काम फराकिलो र सहज बनाउनको लागि समिति गठन गरिएको संयोजक नेत्र शाहिले प्रतिक्रिया दिनुभएको छ ।
जिल्लामा स्थापित कार्यालय धमाधम खारेज हुन थालेपछि आज सर्बपक्षिय बैठक बोलाई समिति गठन गरिएको छ ।