जातिय भेदभाव विरुद्ध एक भएर लाग्ने सुर्खेतका सरोकारवालाहरुको प्रतिवद्धता

गोवीन्द खत्री
सुर्खेत, २१ मंसिर (जागरण) । सुर्खेत बराहताल गाउँपालिकाका सरोकारवालाहरुले जातिय भेदभाव तथा छुवाछुत विरुद्ध एक भएर लाग्ने प्रतिवद्धता जनाएका छन् ।
मानव अधिकार दिवसको सन्दर्भमा साझा आवाज कार्यक्रमले आयोजना गरेको ऐक्यवद्धता ¥यालीमा सहभागीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सुर्खेतले सञ्चालन गरेको साझा आवाज परियोजनाले बिहीबार बराहताल गाउँपालिका वडा नं. ६ संगको समन्वयमा बुटीमा ¥यालीको आयोजना गरेको थियो ।
¥यालीपछि कोणसभामा बोल्दै वडा अध्यक्ष खगेन्द्रदेव गिरीले जातिय भेदभाव तथा छुवाछुत अन्त्य गर्नका लागि योजना तथा कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।
उहाले जातिय भेदभाव तथा छुवाछुत अन्त्य गर्नका लागि साझा आवाज परियोजनासंग मिलेर जनचेतनामूलकदेखि आयआर्जनमूलक कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।
साझा आवाज परियोजनाका जिल्ला संयोजक इन्द्रबहादुर विश्वकर्माले जातिय भेदभाव तथा छुवाछुत गर्नु मानव अधिकार हनन भएकाले यस्तो गरिएमा सहेर नवस्न सुझाव दिनुभयो ।