कर्णालीको स्वास्थ्यमा आमुल परिवर्तन हुन्छः राज्यमन्त्री रावत

गोबिन्द खत्री
सुर्खेत, २२ मंसिर (जागरण) । संघिय सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले कर्णालीको स्वास्थ्यको आमुल परिवर्तन गरिने बताउनुभएको छ ।
आज अस्पताल अनुगमन तथा निरीक्षणमा पुगेका राज्यमन्त्रि रावतले अस्पतालबाट तोकेको सेवा दिनसक्ने अवस्थामा पु¥याउने प्रतिबद्धता जनाउनुभएको हो ।
गुर्भाकोट नगरपालिका सुर्खेतमा रहेको ५० शैय्याको उक्त अस्पताल भौतिक पूर्वाधार लगायतको अभावमा हाल १८ शैय्याको सेवामा सिमित छ ।
अस्पतालको अनुगमनपछि राज्यमन्त्री रावतले मेहलकुना अस्पतालबाट सुर्खेतको पूर्वी क्षेत्रका साथै सल्यान, जाजरकोट र रुकुमका नागरिकले समेत सेवा लिनसक्ने भएकाले स्तरीय एवं नमूना अस्पतालका रुपमा विकास गरिने बताउनुभयो ।
उहाले संविधान प्रदत्त नागरिकको स्वास्थ्य अधिकार पूरा गर्नु स्थानीय र प्रदेश सरकारको समेत जिम्मेवारी भएकाले अस्पतालको विकास र व्यवस्थापनामा ध्यान दिन सुझाव दिनुभयो ।
५० शैय्याको सेवा दिनका लागि निर्माण भैरहेको भवनको समेत राज्यमन्त्री रावतले अनुगमन गर्नुभएको छ ।