जुम्लालाई लागु औषधमुक्त जिल्ला बनाउने प्रहरीको दाबी (अडियोसहित)

मान बहादुर कुँवर
जुम्ला, २२ मंसिर (रेडियो खुल्ला आँकास) । जिल्ला प्रहरी कार्यालय जुम्लाले २ महिना भित्र लागुऔषध मुक्त जिल्ला बनाउने प्रतिवद्धता जनाएको छ ।
लागुऔषध मुक्त जिल्ला बनाउने अभियान शुरु गरेको प्रहरी नायव उपरिक्षक लाल बहादुर धामीले बताउनुभएको छ ।
आज दियालो बहुउदेश्यि सहकारीको १२ औं साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाका अनुसार अहिले जुम्लामा २० देखि ४० जना सम्मले आगुऔषध प्रयोग गरिरहेका तथ्याङ्क रहेको छ ।

एक हप्ताभित्र ३ जान लागुऔषध प्रयोग कर्तालाई पक्राउ गरेको जानकारी दिदै उहाले नागरिकले प्रहरीलाई सुचना दिए जिल्ला लागुऔषध मुक्त बन्ने बताउनुभयो
लागुऔषधको विक्रि र प्रयोगले चोरीका घटना समेत बढाएको उहाले बताउनुभएको छ ।